नेपालका ‘विश्व रेकर्डधारी’ ऋषिको नाममा थपियो अर्को कीर्तिमान !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ फाल्गुण, २०७८
५ वर्षअघि
ऋषि परियार

नेपालका ‘विश्व रेकर्डधारी’ ऋषिराम परियारले अर्को विश्व रेकर्ड कायम गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँका  ऋषिले ड्रमस्टिक घुमाएर नयाँ कीर्तिमान बनाएका हुन् ।

Advertisement

गिनिज बुकमा विभिन्न विधामा नाम लेखाएका २३ वर्षीय ऋषिले सन् २०२० को जनवरी ३१ मा जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखेका थिए ।

‘द मोस्ट जम्पिङ्ग जक्स इन वान मिनेट’ को रेकर्ड परियारको नाममा छ ।

परियारले भारतीय नागरिकले एक मिनेटमा सय १६ पटक जम्पिङ्ग जक्स गर्दै बनाएको कीर्तिमान परियारले एक सय २३ पटक गर्दै भङ्ग गरेका थिए ।

यस्तै, उनले हालैमात्र एउटा विश्व कीर्तिमान आफ्नो नाममा सारेका हुन् ।

उनले ३० सेकेन्डमा ड्रमस्ट्रिक धेरै पटक घुमाएर ‘मोस्ट ड्रमस्टिक फ्लिप्स इन ३० सेडेन्ड’ विधामा गिनिज बुकमा नाम लेखाए ।

ड्रम को स्टिकलाई हातमा राखेर छिटोछिटो घुमाउनु पर्ने सो विधामा उनले ५७ पटक घुमाए ।

यसअघि रेकर्ड बनाएका व्यक्तिले भने ५५ पटक ड्रमस्टिक घुमाएका थिए ।

अब, यसको प्रमाणपत्र ल्याउन बाँकी रहेको उनको भनाइ छ ।

प्रमाणपत्र लन्डनबाट नेपाल ल्याउनलाई कुरियर खर्च लाग्ने बताउँदै उनले त्यसको व्यवस्था मिलाएर छिटै प्रमाणपत्र हातमा लिने बताए ।

अहिले उनी उल्टो पैदल यात्राबाट विश्व कीर्तिमान बनाउने लक्ष्यमा छन् ।

यसका लागि उनी २३ दिनयता लगातार उल्टो हिँडिरहेका छन् ।

उल्टो पैदल यात्रा गरी विश्व रेकर्ड बनाउने तयारीमा जुटेका उनी अहिले बाराको पत्लैया पुगेका छन् ।

तीन साताभन्दा अगाडिदेखि मेची–महाकाली उल्टो पैदल यात्रा सुरु गरेका परियारले हालसम्म चार सय किलोमिटरको यात्रा पूरा गरिसकेका छन् ।

दैनिक २२ किलोमिटरसम्म यात्रा गर्ने परियारले अहिलेसम्म बिसाएका छैनन् ।

मुख्य राजमार्गको एक छेउ भएर निरन्तर हिँडिरहने ऋषि झोलामा नेपालको राष्ट्रिय झन्डा सिउरिएर हिँड्छन् ।

राष्ट्रिय भेषभूषा दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका परियार ठाउँअनुसारको भेषभूषा लगाउँछन् ।

मधेस प्रदेश टेकेपछि धोती–कुर्ता लगाएर आफ्नो यात्रालाई निरन्तरता दिने ऋषि यो यात्रामा एक्लै छन् ।

तर सामाजिक सञ्जालमार्फत उनको अभियानबारे थाहा पाएका स्थानीहरू पनि सँगसँगै हिँड्छन् ।

काँकरभिट्टाको मेची नदि किनारबाट आफ्नो यात्रा थालेका उनी स्वस्थ बन्न दैनिक कम्तिमा एक घण्टा अनिवार्य हिँड्नु पर्छ भन्ने स्वास्थ्य सन्देश लिएर हिँड्न थालेका हुन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक

आईतबार २५ असोज, २०८३
६ दिनअघि

कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो

शुक्रबार २३ असोज, २०८३
१ हप्ताअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
३ हप्ताअघि

देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क

सोमबार १२ असोज, २०८३
३ हप्ताअघि

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
३ हप्ताअघि

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

बिहिबार ८ असोज, २०८३
३ हप्ताअघि
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०