ऋषि परियारको उल्टो यात्राको सन्देश यस्तो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० माघ, २०७८
५ वर्षअघि

दाङ तुलसीपुर– ३ रानागाउँका ३० वर्षीय ऋषिराम परियार एउटा फरक प्रयासमा जुटेका छन् ।

फरक ढङ्गका क्रियाकलाप गरेर समाजमा केही शिक्षा दिने मनसायका कारण केही समय अघिदेखि पृथक काम गर्न थालेका ऋषि अहिले उल्टो हिँडेर विश्व कीर्तिमान बनाउने प्रयासमा छन् ।

Advertisement

स्वस्थ बन्न दैनिक कम्तिमा एक घण्टा अनिवार्य हिँड्नु पर्छ भन्ने स्वास्थ्य सन्देश लिएर उनले उल्टो यात्रा थालेका हुन् ।

उनी अहिले मेचीदेखि महाकालीसम्मको उल्टो पैदल यात्रामा छन् ।

ऋषिले शनिबारदेखि काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदल यात्रा थालेका हुन् ।

हाल उनी सुनसरीको लाैकही पुगेका छन् ।

बिहीबार (आज) मात्र उनले १५ किलोमिटरको उल्टो यात्रा गरे ।

उनी आफ्नो यात्राबारे प्रत्येक दिन सामाजिक सञ्जालमा अप्डेट गर्ने गरेका छन् ।

दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गरिरहेका छन् ।

ऋषिले यसअघिसमेत जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका छन् ।

उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने परियारको लक्ष्य छ ।

यी दुई अभियान सफलपछि थप दुई विधामा समेत विश्व रेकर्डको आफू तयारीमा रहेको परियारको भनाइ छ ।

नेपाल र नेपालीलाई विश्वसामु परिचित गराउन आफूले यी सबै काम गरेको परियार बताउँछन् ।

उनी भन्छन्, ‘हिँड्नु जति स्वास्थ्यलाई राम्रो केही छैन । डाक्टर र स्वास्थ्य विशेषज्ञले नछुटाई भन्ने कुरा हो हिँडडुल गर्नुस् ।’

उनी त्यतिकै उल्टो हिँड्दैनन् ।

झोलामा सिउरिएको नेपालको राष्ट्रिय झन्डा फर्फराउँदै हिँड्छन् ।

नेपाली भेषभूषा दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका परियार पूर्व– पश्चिम राजमार्गको एउटा कुनाबाट उल्टो हिँडिरहन्छन् ।

हातले टेकेरसमेत हिँड्न सक्ने क्षमता भएका परियारले २०७३ सालमा दुई हातले टेकेर दुई किलोमिटर यात्रा गरेका थिए ।

विसं २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि भने उनको पृथक काम गरिररहेका छन् ।

यसैले पनि फरक क्रियाकलाप सुरु गरेको परियारले सन् २०२० को जनवरी ३१ मा जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखेका थिए ।

त्यतिबेलाको उपलब्धिबाट नै प्रेरित भएर उल्टो हिँडेर दुई महिनाभित्र मेचीदेखि महाकालीसम्मको यात्रा गर्ने अठोट लिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार:

काँकडभिट्टाबाट उल्टो हिँडेर मेचीकाली यात्राको थालनी

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०