दाङ तुलसीपुर– ३ रानागाउँका ३० वर्षीय ऋषि परियारले मेचीदेखि महाकालीसम्मको उल्टो पैदल यात्रा सुरु गरेका छन् ।
शनिबारदेखि काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्रा गर्दै सो यात्राको सुरुवात गरेका हुन् ।
दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गर्ने बताए ।
उनले यसअघिसमेत जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका छन् ।
यस पटक भने स्वस्थ रहन दैनिक कम्तिमा एक घण्टा हिँड्नु अनिवार्य हुन्छ भन्ने स्वास्थ्य सन्देश लिएर नेपाल यात्रामा निस्किएका हुन् ।
उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने परियारको लक्ष्य छ ।
यी दुई अभियान सफलपछि थप दुई विधामा समेत विश्व रेकर्डको आफु तयारीमा रहेको परियारले बताए ।
नेपाल र नेपालीलाई विश्वसामु परिचित गराउन आफूले यी सबै काम गरेको परियारको भनाइ छ ।