युनाइटेड शीर्ष चारमा, रोनाल्डो र फर्नान्डेसको गोल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
४ वर्षअघि

पोर्चुगिज खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेसको गोलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ ।

मङ्गलबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ब्राइटनलाई २–० गोलले हराउँदै शीर्ष चारमा स्थान बनाएको हो ।

शीर्ष चारमा उक्लने क्रममा युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई पछि पारेको छ ।

गए राति युनाइटेडले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई हराउँदा रोनाल्डो र फर्नान्डेसले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको ५१औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए ।

यससँगै उनले ६ खेलपछि गोल गरे ।

सन् २०२२ मा यो उनको पहिलो गोलसमेत हो ।

यसअघिका ६ खेलमा उनी गोलविहीन थिए ।

सातौँ खेलमा उनले एक गोल गरेका हुन् ।

यस्तै, खेलको ५४औँ मिनेटमा ब्राइटनका लेविस डन्कले रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा समेटियो ।

एन्थोनी इलंगामाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले कप्तान लेविस डन्कलाई भिएआरको सहायतामा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

त्यसको फाइदा उठाउँदै खेलको इन्ज्युरी समयमा फर्नान्डेसले गोल गरे ।

उनको गोलमा युनाइटेडले २–० गोलको जित निकाल्यो ।

यो जितसँगै युनाइटेड २५ खेलबाट ४३ अङ्क जोडेर वेस्ट ह्यामलाई २ अंकले पछि पार्दै चौथो स्थानमा उक्लिएको छ ।

उसले तेस्रो स्थानको चेल्सीसँगको अङ्क दुरी चारमा छोट्याएको छ ।

एक खेल कम खेलेको चेल्सीको ४७ अङ्क छ । पराजित ब्राइटन ३३ अङ्कर जोडेर नवौँ स्थानमा रहेको छ ।

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, ०७:५८:०६

सम्बन्धित खबर

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
४ दिनअघि
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०