राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखेको पत्र कुटनीतिक मर्यादविपरीत रहेको जनाएका हुन् ।
‘प्रम देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसिसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादाविपरीत छ’, उनले लेखेका छन् ।
पत्र कानुन, संविधानको स्थापित मान्यता एवम् राष्ट्रहित प्रतिकुल रहेको उनको भनाइ छ । उक्त पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक रहेको भन्दै उनले भनेका छन्, ‘उहाँहरूले जनतासमक्ष माफी माग्नुपर्छ ।’
प्रम देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा MCCका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ। कानुन,संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको छ।सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक छ।उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ।
— Kamal Thapa (@KTnepal) February 6, 2022