इजिप्ट भर्सेज सेनेगलः कसले जित्ला एफकन २०२१ काे उपाधि?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
५ वर्षअघि
एफकन २०२१ फाइनल

अफ्रिकी कप अफ नेसन्स (एफकन) २०२१को आज फाइनल खेल हुँदैछ ।

क्यामरुनस्थित ओलेम्बे रङ्गशालामा आज राती १२ः४५ बजे हुने खेलमा इजिप्ट र सेनेगल आमनेसामने हुँदैछन् ।

Advertisement

एफकनको सर्वाधिक सफल राष्ट्र हो इजिप्ट, प्रतियोगिताको ३३औं संस्करणसम्म आइपुग्दा इजिप्टले सात पटक उपाधि उचालिसकेको छ ।

यता सेनेगलले भने अहिलेसम्म पनि एफकनको ट्रफि जित्न सकेको छैन ।

प्रतियोगिताको दुई संस्करणमा उपविजेतामा नै सीमित बनेको सेनेगल आज नयाँ इतिहास रच्न चाहन्छ ।

सन् २००२ र २०१९ को एफकनमा उपविजेता बनेको सेनेगल प्रतियोगिताकै सर्वाधिक सफल राष्ट्रलाई पाखा लगाउँदै उपाधि हात पार्न चाहन्छ ।

समूह ‘बी’ मा रहँदै प्रतियोगिता सुरुवात गरेको सेनेगल जारी प्रतियोगिताको एक मात्र अपराजित टोली हो ।

उत्कृष्ट लयमा देखिएको सेनेगलले जिम्बावे, केप भर्डे, इक्वेटोरियल गिनी र बुर्किना फासोलाई पराजित गरेको छ भने मलावी र गिनीसँग बराबरी खेलेको छ ।

प्रतियोगिता अवधीभर नौ गोल गरेको सेनेगलले हालसम्म दुई गोल मात्रै खाएको छ ।

यता इजिप्टको फाइनल यात्रामा भने निकै उतारचढावमय देखिएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नै नाइजेरियासँग पराजित बनेको इजिप्टले अन्तिम १६ र सेमिफाइनलमा पेनाल्टीमार्फत जित निकालेको थियो ।

प्रतियोगिताका ६ खेल खेल्दै फाइनल पुगेको इजिप्टले हालसम्म चार गोल गरेको छ भने दुई गोल मात्र खाएको छ ।

इंग्लिस क्लब लिभरपुलका स्टारद्वय साडियो माने र मो सलाह एक आपसमा भिड्न लागेकाले पनि आजको खेल निकै रोमाञ्चक हुनेछ ।

क्लब फुटबलमा निकै सफल देखिएका यी दुई जोडी आज एकअर्काविरुद्ध मैदान उत्रँदा दुवै जितको खोजीमा हुनेछन् ।

स्टार खेलाडीले भरिपूर्ण सेनेगलको चुनौती पाखा लगाउन इजिप्टलाई निकै हम्मे पर्ने निश्चित छ ।

साडियो माने, एडवार्ड मेन्डी, कालिदो कुलिबाली, बौना सार, बौलाए दिया, आबदोउ डियाले जस्ता स्टार खेलाडीले भरिएको सेनेगललाई रोक्न इजिप्ट पनि तयार छ ।

तर इजिप्टलाई भने गोलपोस्टमा केही समस्या देखिने निश्चित छ ।

पहिलो र दोस्रो रोजाईका गोलरक्षक प्रतियोगिताका दौरान चोटग्रस्त भएकाले आजको खेलमा इजिप्टको पोस्ट युवा गोलरक्षक सोभीले सम्हाल्न सक्ने सम्भावना उच्च छ ।

त्यसबाहेक कमल, ट्रेजागेय, हाम्दी, फतो, असरफ, एल–सुल्या, एल्नेनी, मोहम्मद र मार्मुसको नेतृत्व गर्दै स्टार मो सलाह आज उपाधिका लागि सेनेगलविरुद्ध मैदान उत्रनेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०