इजिप्ट भर्सेज सेनेगलः कसले जित्ला एफकन २०२१ काे उपाधि?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
५ वर्षअघि
एफकन २०२१ फाइनल

अफ्रिकी कप अफ नेसन्स (एफकन) २०२१को आज फाइनल खेल हुँदैछ ।

क्यामरुनस्थित ओलेम्बे रङ्गशालामा आज राती १२ः४५ बजे हुने खेलमा इजिप्ट र सेनेगल आमनेसामने हुँदैछन् ।

एफकनको सर्वाधिक सफल राष्ट्र हो इजिप्ट, प्रतियोगिताको ३३औं संस्करणसम्म आइपुग्दा इजिप्टले सात पटक उपाधि उचालिसकेको छ ।

यता सेनेगलले भने अहिलेसम्म पनि एफकनको ट्रफि जित्न सकेको छैन ।

प्रतियोगिताको दुई संस्करणमा उपविजेतामा नै सीमित बनेको सेनेगल आज नयाँ इतिहास रच्न चाहन्छ ।

सन् २००२ र २०१९ को एफकनमा उपविजेता बनेको सेनेगल प्रतियोगिताकै सर्वाधिक सफल राष्ट्रलाई पाखा लगाउँदै उपाधि हात पार्न चाहन्छ ।

समूह ‘बी’ मा रहँदै प्रतियोगिता सुरुवात गरेको सेनेगल जारी प्रतियोगिताको एक मात्र अपराजित टोली हो ।

उत्कृष्ट लयमा देखिएको सेनेगलले जिम्बावे, केप भर्डे, इक्वेटोरियल गिनी र बुर्किना फासोलाई पराजित गरेको छ भने मलावी र गिनीसँग बराबरी खेलेको छ ।

प्रतियोगिता अवधीभर नौ गोल गरेको सेनेगलले हालसम्म दुई गोल मात्रै खाएको छ ।

यता इजिप्टको फाइनल यात्रामा भने निकै उतारचढावमय देखिएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नै नाइजेरियासँग पराजित बनेको इजिप्टले अन्तिम १६ र सेमिफाइनलमा पेनाल्टीमार्फत जित निकालेको थियो ।

प्रतियोगिताका ६ खेल खेल्दै फाइनल पुगेको इजिप्टले हालसम्म चार गोल गरेको छ भने दुई गोल मात्र खाएको छ ।

इंग्लिस क्लब लिभरपुलका स्टारद्वय साडियो माने र मो सलाह एक आपसमा भिड्न लागेकाले पनि आजको खेल निकै रोमाञ्चक हुनेछ ।

क्लब फुटबलमा निकै सफल देखिएका यी दुई जोडी आज एकअर्काविरुद्ध मैदान उत्रँदा दुवै जितको खोजीमा हुनेछन् ।

स्टार खेलाडीले भरिपूर्ण सेनेगलको चुनौती पाखा लगाउन इजिप्टलाई निकै हम्मे पर्ने निश्चित छ ।

साडियो माने, एडवार्ड मेन्डी, कालिदो कुलिबाली, बौना सार, बौलाए दिया, आबदोउ डियाले जस्ता स्टार खेलाडीले भरिएको सेनेगललाई रोक्न इजिप्ट पनि तयार छ ।

तर इजिप्टलाई भने गोलपोस्टमा केही समस्या देखिने निश्चित छ ।

पहिलो र दोस्रो रोजाईका गोलरक्षक प्रतियोगिताका दौरान चोटग्रस्त भएकाले आजको खेलमा इजिप्टको पोस्ट युवा गोलरक्षक सोभीले सम्हाल्न सक्ने सम्भावना उच्च छ ।

त्यसबाहेक कमल, ट्रेजागेय, हाम्दी, फतो, असरफ, एल–सुल्या, एल्नेनी, मोहम्मद र मार्मुसको नेतृत्व गर्दै स्टार मो सलाह आज उपाधिका लागि सेनेगलविरुद्ध मैदान उत्रनेछन् ।

प्रकाशित समय: आईतबार २३ माघ, २०७८, २१:०८:४९
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०