इजिप्ट क्यामरुनमा जारी ३३औँ संस्करणको अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ ।
बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्र क्यामरुनमाथि पेनाल्टीमा ३–१ गोलको जित निकाल्दै इजिप्ट उपाधिनजिक पुगेको हो ।
निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
जसमा इजिप्टका तीनै खेलाडीले गोल गरे भने क्यामरुनका चारमध्ये तीन खेलाडी पेनाल्टीमा चुके ।
अब, इजिप्टले उपाधिका लागि सेनेगलसँग खेल्ने छ ।
बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल फाइनलमा प्रवेश गरिसकेको छ ।
उपाधि भिडन्त ६ फेब्रुअरीमा हुनेछ ।
जसमा लिभरपुलका स्टारद्वय साडियो माने र मोहम्मद सलाहले आ–आफ्नो राष्ट्र सेनेगल र इजिप्टलाई उपाधि दिलाउने लक्ष्य लिएका छन् ।