नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।
छनोट समितीले सिफारिस गरेको अन्तिम तीनमा परेका कार्की, रमेश भण्डारी र केशव श्रेष्ठमध्ये मन्त्रिपरिषद्को १७ माघको निर्णय अनुसार कार्की नेप्सेको सीइओमा नियुक्त भएका हुन् ।
सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रत्रियामा मुछिएपछि तत्कालीन सीइओ चन्द्रसिंह साउदले नेप्सेको प्रमुखबाट राजीनामा दिएका थिए ।
साउदले भदौ ५ मा राजीनामा दिएपछि निकै लामो समयसम्म नेप्सेको प्रमुखमा नियुत्ती हुन सकिरहेको थिएन ।
नेप्सेको सीइओ छनोटका लागि गठित समितिले कृष्णबहादुर कार्की, प्रविन पन्दाक, रमेश घिमिरे, डा. रमेशकुमार भण्डारी र डा. केशवप्रसाद श्रेष्ठगरी पाँच जनाको नाम पहिलो चरणमा छनोट गरेको थियो ।
तर पाँचबाट अन्तिम तीनमा पर्दै कार्की नेप्सेको सीइओमा नियुक्त भएका हुन् ।