कप्तान किरण भन्छन् : मोरिससविरुद्ध पहिलोभन्दा दोस्रो खेल कठिन थियो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बुले अफ्रिकी राष्ट्र मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेलभन्दा दोस्रो कठिन भएको जनाएका छन् ।

मङ्गलबार भएको खेलमा जित निकालेपछि पत्रकार सम्मेलनका क्रममा बोल्दै कप्तान किरणले मोरिससविरुद्ध पहिलोभन्दा दोस्रो खेल कठिन रहेको बताए ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाललाई १–० गोलको जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।

साथै गोलकिपर किरणले एउटा पेनाल्टी बचाएका थिए ।

मोरिससले १२ औँ मिनेटमा पेनाल्टीको मौका पाएको थियो ।

नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी बक्सभित्र लडाएपछि मोरिससले पेनाल्टी पाएको थियो ।

तर मोरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उनको प्रहार गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलपछि किरण प्लेयर अफ दि म्याचसमेत चुनिएका थिए ।

‘बलियो टिम मोरिसससँगको दुई मैत्रीपूर्ण खेल कठिन नै रह्यो,’ उनले भने, ‘तर पहिलोभन्दा दोस्रो झन् कठिन थियो । हामीले अग्रता त बनायाैँ तर जोगाउन निकै कठिन भएको थियो । खेलमा दुई वा तीन गोल गर्न पाएको भए सहज बन्थ्यो होला । तर एकमात्र गोलको अग्रता जोगाउन अफ्ठेरो भयो ।’

यो पनि :

रेफ्रीको निर्णयले अलमुताइरी असन्तुष्ट

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, २१:०३:३०
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०