रेफ्रीको निर्णयले अलमुताइरी असन्तुष्ट

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलको नजिताले सन्तुष्ट बनेपनि रेफ्रीको निर्णयबाट असन्तुष्ट बनेका छन् ।

मङ्गलबार मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल १-० गोलले जितेपछि पत्रकार सम्मेलनमा बोल्दै अल्मुताइरीले रेफ्री नविन्द्र महर्जनको निर्णयबाट असन्तुष्ट बनेको बताएका हुन् ।

खेलको दोस्रो हाफमा दुवै राष्ट्रका खेलाडीबीच विवाद हुँदा रेफ्री महर्जनले नेपालका एक र मोरिससका एक गरी दुई खेलाडीलाई रातो कार्ड दिएका थिए ।

सोक्रममा नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए ।

यस्तै, विवादपछि मैदान छिरेका नेपालका गोलकिपर प्रशिक्षक विकास मल्लले रातो कार्ड पाएका थिए ।

तर मल्ललाई रातो नभएर पहेँलो कार्ड दिइनुपर्ने प्रशिक्षक अल्मुताइरीको धारणा छ ।

महर्जनको निर्णयको आलोचना गर्दै अलमुताइरीले त्यो कार्ड भने पहेँलो हुनपर्ने दाबी गरे ।

‘मलाई रेफ्री मनपर्छ र म उनीहरूलाई सम्मान गर्छु । आज हारेको भए पनि म रेफ्रीलाई केही भन्ने थिइनँ । सायद उनीहरूले एक दुई गल्ती गरे पनि त्यसले खेलका नतिजा परिवर्नत हुँदैन । हामीले फुटबल खेल्नुपर्छ । रेफ्री पनि मानिस नै त हुन्,’ उनले भने ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाललाई जिताउन सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।

उनले खेलको १०औँ मिनेटमा गरेको गोल नै नेपालको जितमा निर्णायक बन्यो ।

सुजलको यो तेस्रो अन्तर्राष्ट्रिय गोलसमेत हो ।

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, २०:२८:१०
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०