नौ खेलाडीमा सीमित मोरिसस नेपालसँग पराजित

तीन खेलाडी र नेपाली अफिसियललाई रातो कार्ड

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
४ वर्षअघि
माेरिससविरूद्ध नेपाल

मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले १–० को जित निकालेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाललाई जिताउन सुजल श्रेष्ठले एक मात्र गोल गरेका थिए । खेलको पहिलो हाफको दशौँ मिनेटमा श्रेष्ठ गोल गर्न सफल भएका थिए ।

नविन गुरुङको प्रहारमा श्रेष्ठले गोल गर्दै नेपालको जित पक्का गरेका थिए ।

मोरिससका कप्तान सोफी खेलको ११औं मिनेटमा पेनाल्टीमा चुक्दा नेपालको जित निश्चित भएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेलमा दुवै टोलीले सुरुवातबाट नै अट्याकिङ फुटबल खेलेका थिए ।

खेलको दोस्रो मिनेटमा नै नेपालले फाउल पाएको थियो । मोरिससका कप्तान सोफीले पूजन उपरकोटीलाई लडाएका थिए ।

तर आफ्नै भागको पाएको फ्रिकिकमा नेपालले खासै मुभ बनाउन सकेन ।

छैटौँ मिनेटमा नेपालले गोल गर्न अवसर खेर फाल्यो ।

लेफ्ट फ्ल्याङ्कबाट अन्जन विष्टले निकालिदिएको बलमा दर्शन गुरुङले प्रयास गरे पनि त्यो पोस्टभन्दा निकै माथि हुइकिएको थियो ।

३७औं मिनेटमा नेपाल अग्रता दोब्बर बनाउनबाट चुक्यो । मोरिससका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दा तेज तामाङले मौका पाएका थिए ।

मोरिससका डिफेन्डरले मिस पास गरेपछि तामाङले करिब ३५ यार्ड टाढा अवसर पाएका थिए । मोरिससका गोलरक्षक पोस्ट नभएको बेला तामाङले प्रयास गरे पनि बलले पोस्टको दिशा लिन नसक्दा नेपाल खेलको स्कारे २–० बनाउनबाट चुक्यो ।

४३औं मिनेटमा ब्रास खेलमा बराबरी गोल गर्नबाट चुक्यो । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको लङ रेन्जर प्रहारलाई गोलरक्षक चेम्जोङले रोकेका थिए ।

५२औं मिनेटमा गोलरक्षक चेम्जोङले कर्नर बचाउँदै नेपालको अग्रता कायम राखेका थिए ।

६०औं मिनेटमा सुमन लामालाई वशित कलकत्ताले लडाएपछि मैदानमा केहीबेर तनाव सिर्जना भएको थियो ।

लामा र कलकत्ताबीच ठेलमठेलको स्थितीलाई सम्हाल्दै म्याच रेफ्रि नविन्द्र महर्जनले दुवैलाई पहेँलो कार्ड देखाएका थिए । सोही समय मोरिससका कप्तान सोफी र डिफेन्डर इमानुएल फूलचुण्डलाई पनि पहेँलो कार्ड दिइएको थियो ।

६५औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने सुन्दर मौका गुमायो । लेफ्ट फ्ल्याङ्कबाट अन्जन विष्टले गरेको पासमा मनिष डाँगी मोरिससको फाइनल थर्डभित्र चुकेका थिए ।

६७औं मिनेटमा सोफीको प्रहारलाई गोलरक्षक चेम्जोङले पन्च गर्दै मोरिससलाई बराबरी गर्नबाट रोके ।

खेलको ६९औं मिनेटमा नेपालका अन्जन विष्टलाई मोरिससका बोटलारले लडाएपछि मैदान तनावग्रस्त बनेको थियो । विष्टलाई लडाएपछि उफ्रिएका बोटलारले विष्टको खुट्टामा किचेका थिए ।

७०औं मिनेटमा ब्रेस र पुजन उपरकाेटीलाई रातो कार्ड दिइए पछि दुवै टोली दश–दश खेलाडीमा सीमित बनेको थियो । दुवै खेलाडी दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य बनेका थिए ।

दुई टोलीबीच समस्या हुँदा नेपाली टोलीका व्यवस्थापक र गोलकिपर प्रशिक्षक विकास मल्ल रेफ्रिको अनुमती नलिई मैदानभित्र आएका थिए ।

आक्रोशित खेलाडीलाई छुट्याउन र संयमीत हुन निर्देशन दिँदै मैदान प्रवेशका गरेका दुवैलाई सहायक रेफ्रि र फोर्थ अफिसियलले मैदान बाहिर ल्याएका थिए ।

खेललाई नियन्त्रणमा लिँदे म्याच रेफ्रि महर्जनले नेपाली टोलीका गोलकिपर प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड देखाउँदै मैदान छाड्न निर्देशन दिएका थिए ।

गौतम श्रेष्ठलाई लडाएपछि ७९औं मिनेटमा मोरिसस नौ खेलाडीमा सीमित बनेको थियो । उसका लागि फूलचुन्डले रातो कार्ड पाएका थिए । श्रेष्ठलाई लडाउनुअघि नै पहेँलो कार्डमा रहेका फूलचुन्ड दोहोरो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

निर्धारित समयपछि थप गरिएको पहिलो मिनेटमा नै खेल केहीबेर स्थगित भएको थियो ।

मैदानमा रहेका फ्लडलाइटमा समस्या देखिएपछि म्याच रेफ्रि महर्जनले केहीबेर खेललाई रोकेका थिए ।

दुवै टोलीका खेलाडी र म्याच अफिसियलबीच सहमती भएसँगै सुरू गरिएको स्थगित खेलमा नेपाल आक्रमक देखिएको थियो ।

अतिरिक्त समयको पहिलो मिनेटमा नै विमल घर्ती मगर र अन्जन विष्टले गोलको प्रयास गरेका थिए । तर दुवै खेलाडी असफल भएपछि नेपालले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।

नतिजासँगै नेपालले दुई मैत्रीपूर्ण खेल क्लिन स्वीप गरेको छ । यसअघि शनिबार भएको पहिलो खेलमा मोरिसस १–० ले पराजित भएको थियो ।
नेपाललाई जित दिलाउन विमल घर्ती मगरले खेलको ५५औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, १८:५३:४०

सम्बन्धित खबर

गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०