नौ खेलाडीमा सीमित मोरिसस नेपालसँग पराजित

तीन खेलाडी र नेपाली अफिसियललाई रातो कार्ड

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
२ वर्षअघि
माेरिससविरूद्ध नेपाल

मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले १–० को जित निकालेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाललाई जिताउन सुजल श्रेष्ठले एक मात्र गोल गरेका थिए । खेलको पहिलो हाफको दशौँ मिनेटमा श्रेष्ठ गोल गर्न सफल भएका थिए ।

नविन गुरुङको प्रहारमा श्रेष्ठले गोल गर्दै नेपालको जित पक्का गरेका थिए ।

मोरिससका कप्तान सोफी खेलको ११औं मिनेटमा पेनाल्टीमा चुक्दा नेपालको जित निश्चित भएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेलमा दुवै टोलीले सुरुवातबाट नै अट्याकिङ फुटबल खेलेका थिए ।

खेलको दोस्रो मिनेटमा नै नेपालले फाउल पाएको थियो । मोरिससका कप्तान सोफीले पूजन उपरकोटीलाई लडाएका थिए ।

तर आफ्नै भागको पाएको फ्रिकिकमा नेपालले खासै मुभ बनाउन सकेन ।

छैटौँ मिनेटमा नेपालले गोल गर्न अवसर खेर फाल्यो ।

लेफ्ट फ्ल्याङ्कबाट अन्जन विष्टले निकालिदिएको बलमा दर्शन गुरुङले प्रयास गरे पनि त्यो पोस्टभन्दा निकै माथि हुइकिएको थियो ।

३७औं मिनेटमा नेपाल अग्रता दोब्बर बनाउनबाट चुक्यो । मोरिससका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दा तेज तामाङले मौका पाएका थिए ।

मोरिससका डिफेन्डरले मिस पास गरेपछि तामाङले करिब ३५ यार्ड टाढा अवसर पाएका थिए । मोरिससका गोलरक्षक पोस्ट नभएको बेला तामाङले प्रयास गरे पनि बलले पोस्टको दिशा लिन नसक्दा नेपाल खेलको स्कारे २–० बनाउनबाट चुक्यो ।

४३औं मिनेटमा ब्रास खेलमा बराबरी गोल गर्नबाट चुक्यो । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको लङ रेन्जर प्रहारलाई गोलरक्षक चेम्जोङले रोकेका थिए ।

५२औं मिनेटमा गोलरक्षक चेम्जोङले कर्नर बचाउँदै नेपालको अग्रता कायम राखेका थिए ।

६०औं मिनेटमा सुमन लामालाई वशित कलकत्ताले लडाएपछि मैदानमा केहीबेर तनाव सिर्जना भएको थियो ।

लामा र कलकत्ताबीच ठेलमठेलको स्थितीलाई सम्हाल्दै म्याच रेफ्रि नविन्द्र महर्जनले दुवैलाई पहेँलो कार्ड देखाएका थिए । सोही समय मोरिससका कप्तान सोफी र डिफेन्डर इमानुएल फूलचुण्डलाई पनि पहेँलो कार्ड दिइएको थियो ।

६५औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने सुन्दर मौका गुमायो । लेफ्ट फ्ल्याङ्कबाट अन्जन विष्टले गरेको पासमा मनिष डाँगी मोरिससको फाइनल थर्डभित्र चुकेका थिए ।

६७औं मिनेटमा सोफीको प्रहारलाई गोलरक्षक चेम्जोङले पन्च गर्दै मोरिससलाई बराबरी गर्नबाट रोके ।

खेलको ६९औं मिनेटमा नेपालका अन्जन विष्टलाई मोरिससका बोटलारले लडाएपछि मैदान तनावग्रस्त बनेको थियो । विष्टलाई लडाएपछि उफ्रिएका बोटलारले विष्टको खुट्टामा किचेका थिए ।

७०औं मिनेटमा ब्रेस र पुजन उपरकाेटीलाई रातो कार्ड दिइए पछि दुवै टोली दश–दश खेलाडीमा सीमित बनेको थियो । दुवै खेलाडी दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य बनेका थिए ।

दुई टोलीबीच समस्या हुँदा नेपाली टोलीका व्यवस्थापक र गोलकिपर प्रशिक्षक विकास मल्ल रेफ्रिको अनुमती नलिई मैदानभित्र आएका थिए ।

आक्रोशित खेलाडीलाई छुट्याउन र संयमीत हुन निर्देशन दिँदै मैदान प्रवेशका गरेका दुवैलाई सहायक रेफ्रि र फोर्थ अफिसियलले मैदान बाहिर ल्याएका थिए ।

खेललाई नियन्त्रणमा लिँदे म्याच रेफ्रि महर्जनले नेपाली टोलीका गोलकिपर प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड देखाउँदै मैदान छाड्न निर्देशन दिएका थिए ।

गौतम श्रेष्ठलाई लडाएपछि ७९औं मिनेटमा मोरिसस नौ खेलाडीमा सीमित बनेको थियो । उसका लागि फूलचुन्डले रातो कार्ड पाएका थिए । श्रेष्ठलाई लडाउनुअघि नै पहेँलो कार्डमा रहेका फूलचुन्ड दोहोरो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

निर्धारित समयपछि थप गरिएको पहिलो मिनेटमा नै खेल केहीबेर स्थगित भएको थियो ।

मैदानमा रहेका फ्लडलाइटमा समस्या देखिएपछि म्याच रेफ्रि महर्जनले केहीबेर खेललाई रोकेका थिए ।

दुवै टोलीका खेलाडी र म्याच अफिसियलबीच सहमती भएसँगै सुरू गरिएको स्थगित खेलमा नेपाल आक्रमक देखिएको थियो ।

अतिरिक्त समयको पहिलो मिनेटमा नै विमल घर्ती मगर र अन्जन विष्टले गोलको प्रयास गरेका थिए । तर दुवै खेलाडी असफल भएपछि नेपालले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।

नतिजासँगै नेपालले दुई मैत्रीपूर्ण खेल क्लिन स्वीप गरेको छ । यसअघि शनिबार भएको पहिलो खेलमा मोरिसस १–० ले पराजित भएको थियो ।
नेपाललाई जित दिलाउन विमल घर्ती मगरले खेलको ५५औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, १८:५३:४०
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८