नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झन्डा देखाएको छ ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दे देउवा सरकारविरुद्ध प्रदर्शन गरिरहेको अनेरास्ववियुनिकट विद्यार्थीहरूले सभामुखलाई काभ्रेमा र सञ्चारमन्त्री कार्कीलाई पुल्चोकमा कालो झन्डा देखाएका हुन् ।
गृहजिल्ला सिन्धुपाल्चोक जानेक्रममा सभामुख सापकोटालाई कालो झन्डा देखाइएको थियो । विद्यार्थीहरूले सभामुखको यात्रामा नै अवरोध गरेपछि प्रहरीले बलपूर्वक बाटो खाली गराएको थियो ।
यता मन्त्री कार्की पुल्चोकस्थित आफ्नो सरकारी निवासबाट निस्किनसाथ विद्यार्थीहरूले मन्त्री सवार साधनलाई रोकेर प्रदर्शन गरेका थिए ।
तर प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिँदै स्थितीलाई सामान्य बनाएको थियो ।
चुनाव सार्न नपाइने भन्दै प्रदर्शन गरेको अनेरास्ववियुले कुनै हालतमा पनि निर्वाचन जेठमा गर्नुपर्ने माग गरेको छ ।