सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६ सय चार रुपैयाँ कायम गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव चार रुपैयाँ कायम गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग महतराजले जानकारी दिए ।
यसअघि दूधको मूल्य प्रतिलिटर ४९ दशमलव ५२ रुपैयाँ थियो ।
बैठकले दूधको मूल्य ५६ दशमलव चार रुपैयाँ कायम गरेसँगै १३ दशमलव १७ प्रतिशत अर्थात् ६ सय ५२ रुपैयाँले दूधको मूल्य वृद्धि भएको हो ।
यो पनि :
विराटनगरमा ५० करोडको लगानी गर्ने लक्ष्यसहित कृषि फर्म, पाँच हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य