विराटनगरमा ५० करोडको लगानी गर्ने लक्ष्यसहित कृषि फर्म, पाँच हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
३ वर्षअघि

होटल व्यावसायमा लामो समय बिताएका विराटनगरका दुई युवाले आधुनिक कृषि उद्यममा हात हालेका छन् ।
झन्डै आठ करोड रुपैयाँ लगानीमा सञ्जय चापागाईं र गजेन्द्र शर्मा बन्जराले विराटनगर महानगरपालिका–१२ दरैया बस्तीमा बन्जरा एग्रो फार्मको नाममा आधुनिक कृषि उद्यम सञ्चालनमा ल्याएका हुन् ।

चापागाईं र बन्जराले ५० करोड रुपियाँ लगानी गर्ने लक्ष्यसहित बञ्जरा कृषि फार्म स्थापना गरेका हुन् । पहिलो चरणको काम हुँदै गर्दा फार्मले दैनिक आठ लिटर दूध उत्पादन गर्न थालिसकेको छ भने आगामी वैशाखदेखि दैनिक एक हजार ५०० लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेको छ । फार्ममा २५ देखि ४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाई छन् ।

आठ महिनाअघि पाँच बिघा जमिनमा सुरु भएको यो फार्मले पहिलो चरणको काम सम्पन्न गर्नासाथ यहाँ उत्पादन हुने दूधलाई आउँदो वैशाखदेखि बोटलिङ गरी बजारमा लैजाने तयारी गरेको सञ्चालक सञ्जय चौलागाईंले जानकारी दिए ।

कृषि फार्मले स्वचालित प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारी गरेको छ । गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुनेजस्ता काम पनि मेसिनबाटै हुने बताइएको छ ।

फार्म पूर्ण रूपमा सञ्चालनमा आएपछि दैनिक पाँच हजार लिटर दूध र ५०० किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजनाअनुसार फार्मले काम गरिरहेको छ । फार्ममा कृषि विषयमा स्नातकोत्तर र स्नातक दुई जनासहित २५ जनाले रोजगारी पाएका छन् ।

युवा जनशक्ति कृषि पेसाबाट विमुख भइरहेका बेला चापागाईं र बन्जराले पेसा परिवर्तन गरी कृषिमा लगानी गर्ने आँट गरेको भन्दै पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले सरकार र अन्य सरोकारवालाले प्रोत्साहन गर्नुपर्ने बताए । गाई फार्मको अतिरिक्ति बञ्जरा एग्रोले टनेल खेतीलाई पनि सँगसँगै अगाडि बढाएको छ । टनेलमा विभिन्न जातका बेमौसमी तरकारी लगाइएका छन् ।

दरैयाबस्तीमा ५ बिघा जग्गा खरिद गरेर सुरु गरेको फार्ममा पालिएका गाईलाई फार्म आफैँले उत्पादन गरेको गुणस्तरीय साइलेज खुवाउने गरिएको छ । त्यसका लागि सुनसरीको देवानगञ्जका किसानहरुसँग ५० बिघा खेतमा मकैखेती गर्ने सम्झौता गरेको छ । किसानहरुले वर्षको दुई सिजन मकैखेती गरी साइलेज बनाउन यो फार्मलाई दिने गरेका छन् ।

फार्मले मकै काट्ने र साइलेज बनाउने ‘मोवाइल मेसिन’ किसानको खेतमै पुर्‍याउने गरेको छ । खेतमा रोपेको मकै ८५ औं दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको चापागाईँले जानकारी दिए ।

प्रकाशित समय: शुक्रबार ३० पुस, २०७८, १०:३३:४३
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०