विश्व कुष्ठरोग दिवसः समयमा उपचार पाए पूर्ण रूपमा निको हुन्छ कुष्ठरोग

कुष्ठरोग हुदा देखिने लक्षण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि
कुष्ठरोग

आज ६९औँ विश्व कुष्ठरोग दिवस ।

हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन विश्व कुष्ठरोग दिवस मनाइन्छ । यसपटक ‘शून्य कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदै छ ।

Advertisement

कुष्ठरोग एक सरुवा रोग हो । कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा कुष्ठरोगको जीवाणु प्रवेश गरेको दुई देखि पाँच वर्ष वा सो भन्दा बढी अवधिमा रोग देखा पर्छ ।

समयमा र नियमित उपचार पाएमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ । तर, समयमै उपचार नगरेमा यसबाट अपाङ्गता हुन सक्ने सम्भावना पनि रहने मन्त्रालयले जनाएको छ ।

अवस्था हेरेर कुष्ठरोगका बिरामीले ६ महिनादेखि १२ महिनासम्म नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ ।

यस्ता छन् कुष्ठरोग हुदा देखिने लक्षणहरूः

१. शरीरमा छुँदा थाहा नपाउने रातो वा फुस्रो रङको दाग देखिने
२. अनुहार वा शरीरको अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खाहरू देखापर्ने
३. अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो हुने
४. नसा सुन्निने, दुख्नु तथा झमझम गर्ने
५. आँखा चिम्लिँदा पूरै बन्द नहुने
६. आँखीभौँ झर्नु वा पातलो हुने
७. हत्केलाको मांसपेशी सुकेर जाने
८. हातगोडाका औँलाहरू बाङ्गो हुने र कमजोर हुँदै जाने
९. हातगोडा पोल्नु, निदाएको जस्तो हुने र झमझम गरिरहने ।

मन्त्रालयका अनुसार सबै सरकारी स्वास्थ्य संस्थामा कुष्ठरोगको उपचार र औषधि निःशुल्क रुपमा पाइन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०