मनाङ भर्सेज एपिएफः दुवै टाेली इतिहास लेख्ने दाउमा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
५ वर्षअघि
मनाङ भर्सेज एपिएफ

२०औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आज चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी र नेपाल एपिएफ क्लब आमनेसामने हुँदैछन् ।

पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरू हुने फाइनल खेलमा मनाङ र एपिएफ दुवै कीर्तिमान बनाउने दाउमा रहनेछन् ।

Advertisement

नेपाल पुलिस क्लबसँगै सर्वाधिक ६ पटकक आहा राराको उपाधि आफ्नो पोल्टामा पारिसकेको मनाङ यस संस्करण पनि जित्दै कीर्तिमानी सातौं पटक उपाधिमा आफ्नो नाम लेखाउन चाहन्छ ।

यता एपिएफ भने पहिलो पटक आहा रारा गौल्डकपको उपाधि जित्न चाहन्छ ।

२०६४ सालको फाइनलमा नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएयता एपिएफ १४ वर्षपछि पहिलो पटक आहा राराको फाइनल पुगेको हो ।

यता आज एपिएफको प्रतिद्वन्द्वी मनाङको यो १२औं फाइनल हो । १२मध्ये ६ फाइनलमा उपाधि मनाङले जितेको तथ्याङ्कले मनाङ आहा रारामा सफल रहेको पुष्टि हुन्छ ।

क्वाटर फाइनलमा बलियो मानिएको नेपाल पुलिस क्लबलाई २–० ले पाखा लगाउँदै सेमिफाइनल पुगेको मनाङले त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

यता एपिएफले भने यस संस्करणको आहा रारामा तीन खेल खेल्दै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्रिक्वटार फाइनलमा आयोजक सहारा क्लबलाई २–० गोलान्तरले हराएको एपिएफले फाइनलमा स्थान बनाउन क्वाटरफाइनलमा भुट्निज युथ स्पोर्ट्स क्लब र सेमिफाइनलमा मछिन्द्रलाई समान ३–१ ले स्तब्ध बनाएको थियो ।

उपाधि जित्नेमा दुवै टोली विश्वस्त

आफूहरू १४ वर्षपछि प्रतियोगिताको फाइनलमा पुगेकाले उपाधि जितेरै घर फर्कने एपिएफका कप्तान नविन लामा र प्रशिक्षक कुमार थापाले बताएका छन् ।

फाइनल प्रतिस्पर्धात्मक हुने बताउँदै प्रशिक्षक थापाले टोली उपाधिका लागि भिड्न तयार रहेको बताए ।

प्रशिक्षक थापाको तर्कमा सहमती जनाउँदै कप्तान लामाले पनि टोली उपाधि जित्न सक्षम रहेको बताएका छन् ।

तर एपिएफलाई उपाधि जित्न सहज भने हुने छैन ।

सुधारिएको खेल प्रदर्शन गर्दै एपिएफ फाइनल आइपुगे पनि उसलाई रोक्न मनाङ तयार रहेको प्रशिक्षक फुजा तोपेले बताएका छन् ।

मनाङका कप्तान विमल रानाले पनि उपाधि दौड केही कठिन देखिए पनि टोलीमा तालमेल मिलिसकेकाले उपाधि मनाङले नै जित्ने विश्वास व्यक्त गरे ।

आठ ए डिभिजन क्लब, एक आयोजक र एक विदेशी क्लब गरी दश टोली सम्मिलित प्रतियोगिता जित्ने टोलीले ट्रफीसहित १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०