मनाङ भर्सेज एपिएफः दुवै टाेली इतिहास लेख्ने दाउमा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
२ वर्षअघि
मनाङ भर्सेज एपिएफ

२०औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आज चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी र नेपाल एपिएफ क्लब आमनेसामने हुँदैछन् ।

पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरू हुने फाइनल खेलमा मनाङ र एपिएफ दुवै कीर्तिमान बनाउने दाउमा रहनेछन् ।

नेपाल पुलिस क्लबसँगै सर्वाधिक ६ पटकक आहा राराको उपाधि आफ्नो पोल्टामा पारिसकेको मनाङ यस संस्करण पनि जित्दै कीर्तिमानी सातौं पटक उपाधिमा आफ्नो नाम लेखाउन चाहन्छ ।

यता एपिएफ भने पहिलो पटक आहा रारा गौल्डकपको उपाधि जित्न चाहन्छ ।

२०६४ सालको फाइनलमा नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएयता एपिएफ १४ वर्षपछि पहिलो पटक आहा राराको फाइनल पुगेको हो ।

यता आज एपिएफको प्रतिद्वन्द्वी मनाङको यो १२औं फाइनल हो । १२मध्ये ६ फाइनलमा उपाधि मनाङले जितेको तथ्याङ्कले मनाङ आहा रारामा सफल रहेको पुष्टि हुन्छ ।

क्वाटर फाइनलमा बलियो मानिएको नेपाल पुलिस क्लबलाई २–० ले पाखा लगाउँदै सेमिफाइनल पुगेको मनाङले त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

यता एपिएफले भने यस संस्करणको आहा रारामा तीन खेल खेल्दै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्रिक्वटार फाइनलमा आयोजक सहारा क्लबलाई २–० गोलान्तरले हराएको एपिएफले फाइनलमा स्थान बनाउन क्वाटरफाइनलमा भुट्निज युथ स्पोर्ट्स क्लब र सेमिफाइनलमा मछिन्द्रलाई समान ३–१ ले स्तब्ध बनाएको थियो ।

उपाधि जित्नेमा दुवै टोली विश्वस्त

आफूहरू १४ वर्षपछि प्रतियोगिताको फाइनलमा पुगेकाले उपाधि जितेरै घर फर्कने एपिएफका कप्तान नविन लामा र प्रशिक्षक कुमार थापाले बताएका छन् ।

फाइनल प्रतिस्पर्धात्मक हुने बताउँदै प्रशिक्षक थापाले टोली उपाधिका लागि भिड्न तयार रहेको बताए ।

प्रशिक्षक थापाको तर्कमा सहमती जनाउँदै कप्तान लामाले पनि टोली उपाधि जित्न सक्षम रहेको बताएका छन् ।

तर एपिएफलाई उपाधि जित्न सहज भने हुने छैन ।

सुधारिएको खेल प्रदर्शन गर्दै एपिएफ फाइनल आइपुगे पनि उसलाई रोक्न मनाङ तयार रहेको प्रशिक्षक फुजा तोपेले बताएका छन् ।

मनाङका कप्तान विमल रानाले पनि उपाधि दौड केही कठिन देखिए पनि टोलीमा तालमेल मिलिसकेकाले उपाधि मनाङले नै जित्ने विश्वास व्यक्त गरे ।

आठ ए डिभिजन क्लब, एक आयोजक र एक विदेशी क्लब गरी दश टोली सम्मिलित प्रतियोगिता जित्ने टोलीले ट्रफीसहित १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, ११:१९:२३
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८