दश खेलाडीमा सीमित मछिन्द्रलाई हराउँदै एपिएफ फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
५ वर्षअघि
मछिन्द्रविरूद्ध एपिएफ

दश खेलाडीमा सीमित मछिन्द्र फुटबल क्लबलाई ३–१ ले हराउँदै नेपाल एपिएफ आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा भएको आजको पहिलो सेमिफाइनलमा एपिएफलाई जिताउन सनिस श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले समान एक–एक गोल गरे ।

Advertisement

मछिन्द्रका लागि एक गोल ओमुलाजा नुरेम करिमले गरे पनि त्यो टोलीको जितका लागि अपर्याप्त रह्यो ।

पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा थप एक गोल गर्दै एपिएफ खेल आफ्नो पक्षमा पार्न सफल भयाे ।

खेलको २५औं मिनेटमा गोल गर्दै एपिएफले सुरुवाती अग्रता लिएको थियो ।

छिरिङ गुरुङले आफ्नो पेनाल्टी क्षेत्र नजिकै मणि लामालाई फाउल गरेपछि एपिएफले फ्रिकिकको मौका पाएको थियो ।

सोही फ्रिकिकमा एपिएफका लागि २५औं मिनेटमा सनिस श्रेष्ठले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । मणि लामाको क्रसमा श्रेष्ठको हेडरले पोस्टको जाली चुमेको थियो ।

एपिएफले अग्रता लिएपछि पछि परेको मछिन्द्रले गोलका लागि बारम्बार प्रयास गरेको थियो ।

खेलको पहिलो हाफको ४०औं मिनेटमा मछिन्द्र बराबरी गोल गर्न सफल भएको थियो ।

मछिन्द्रका लागि ओमुलाजा नुरेम करिमले हेडमार्फत बराबरी गोल फर्काएका थिए ।

सबिन थापाले मछिन्द्रका मेसुकेलाई फाउल गरेपछि मछिन्द्रले फ्रिकिक पाएको थियो । कप्तान रञ्जित धिमालले प्रहार गरेको फ्रिकिकमा करिमले उत्कृष्ट हेड गर्दै गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले खेलमा अग्रता लिन प्रयास गरिरहे पनि सफल हुन सकेनन् ।

६८औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । कप्तान नवीन लामाले राइट फ्ल्याङ्कबाट निकालिदिएको क्रसमा एपिएफ दोस्रो पटक अग्रता लिन सफल भएको थियो ।

मछिन्द्र र एपिएफका दुई खेलाडी जुधेर लडेपनि म्याच रेफ्रिले बल नरोकि खेल्न निर्देशन दिएपछि कप्तान लामा गोलका लागि असिस्ट गर्न सफल भए ।

खेलको ७०औं मिनेटमा ओमुलाजा नुरेम करिम दोस्रो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि मछिन्द्रले खेलमा नियन्त्रण गुमाएको थियो ।

त्यसपछि दश खेलाडीमा सीमित बनेकाे मछिन्द्रले एपिएफकाे अट्याकलाई रोक्दै केही मुभ बनाए पनि सफल हुन सकेन ।

खेलमा थपिएकाे अतिरिक्त समयकाे साताैं मिनेटमा गाेल गर्दै नविन लामाले एपिएफकाे जित सुनिश्चित गरे ।

मछिन्द्रका खेलाडीले बल नियन्त्रणमा लिन नसकेपछि पाएकाे बलमा एपिएफका खेलाडीले पाेस्टमा प्रहार गरेका थिए ।

उक्त प्रहारलाई मछिन्द्रका गोलरक्षक सूर्य पराजुलीले रोके पछि आएको रिबन्डमा कप्तान लामाले खाली पोस्टमा सहज तरिकाले गोल गरेका थिए ।

आजको खेलमा विजयी भएसँगै एपिएफले २०औं आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग फाइनलमा खेल्नु पर्नेछ ।

उपाधि जित्ने क्लबले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार नगद पुरस्कारसहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०