आहा रारा गोल्डकपः पेनाल्टीमा मनाङ भाग्यमानी, आर्मी पराजित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
५ वर्षअघि
मनाङ मर्स्याङ्दी क्लब

पेनाल्टीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–३ ले स्तब्ध बनाउँदै मनाङ मस्र्याङ्दी २०औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ ।

६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दीका लागि सेमिफाइनलमा गोलरक्षक अशोक बराल नायक बने ।

Advertisement

बरालले आर्मीका दुई खेलाडीको प्रहार रोकेका थिए । दिपक गुरुङ र युद्ध शाहीको पेनाल्टी प्रहार बचाउँदै बराल मनाङलाई फाइनल पुर्याउन सफल भए ।

आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेत मात्र गोल गर्न सफल भए ।

यता मनाङका चार खेलाडी पेनाल्टीमा गोल गर्न सफल हुँदा विश्व अधिकारीको प्रहार भने पोस्टमा लाग्दै बाहिरिएको थियो ।

मनाङका लागि फ्रयाङ्गलिन कुट्टे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले गोल गर्न सफल भए ।

पोखरा रङ्गशालामा भएको गोल्डकपको दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी र नेपाल आर्मी फुटबल क्लब आमनेसमाने भएका थिए ।

पोखरा रङ्गशालामा भएको गोल्डकपको दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी र नेपाल आर्मी फुटबल क्लब आमनेसमाने भएका थिए ।

खेलको नवौं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा मनाङ सुरुवातमै गोल गर्नबाट चुकेको थियो ।

आर्मीका युद्ध शाहीले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि मनाङले पेनाल्टी पाएको थियो ।

तर पेनाल्टी प्रहार गर्न आएका मनाङका कप्तान विमल रानाले क्रसबारभन्दा माथि प्रहार गरेपछि आर्मीको भाग्य बलियो बनेको थियो ।

३०औं मिनेटमा आर्मीका जर्ज प्रिन्सले फ्रिकिको मौका पाए पनि त्यसले सही दिशा लिन सकेन ।

३४औं मिनेटमा आर्मीका तीन खेलाडीले मनाङको पेनाल्टी क्षेत्रबाट गोल गर्ने प्रयास गरे पनि मनाङका गोलरक्षक र डिफेन्डर त्यसलाई रोक्न सफल भए ।

विवेक बस्नेतले कट इन गर्दै गरेको प्रयास मनाङका डिफेन्डरसँग डिफ्लेक्ट हुँदै फिर्ता आएको थियो । सोही रिबन्डमा जर्ज प्रिन्सले सट प्रहार गरे । तर त्यसलाई मनाङका डिफेन्डर शिव गुरुङ र गोलरक्षक अशोक बरालले मुस्किलले बचाए ।

गोलरक्षक बरालले फिर्ता पठाएको बललाई आर्मीका कप्तान भरत खवासले हेड गर्दै सुरुवाती अग्रता दिलाउन प्रयास गरे पनि त्यसले सही दिशा लिन नसकेपछि आर्मी सुरुवाती अग्रता लिनबाट चुक्यो ।

खेलको पहिलो हाफको अन्तिम मिनेटमा पाएको फ्रिकिकमा आर्मी पुनः अग्रता लिनबाट चुकेको थियो । मनाङका गोलरक्षक बरालले प्वाइन्ट ब्लान्क क्षेत्रमा उत्कृष्ट बचाउ गरेपछि मनाङलाई जोगाएका थिए ।

दोस्रो हाफको ५२औं मिनेटमा ओलावाले अफिजको प्रहार रोक्दै गोलरक्षक विकेश कुथुले आर्मीलाई जोगाएका थिए । ५७औं मिनेटमा आर्मी गोल गर्नबाट चुकेको थियो ।

जर्ज प्रिन्सले गरेको क्रसमा आर्मीका खेलाडीले बललाई भेट्टाउन नसके पनि मनाङका शिव गुरुङले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए ।

तर मनाङका गोलरक्षक बरालले त्यसलाई रोक्दै कर्नरका लागि बललाई बाहिर पठाइदिए पछि खेलमा अग्रता लिने मौका आर्मीले गुमाएको थियो ।

६६औं मिनेटमा मनाङ सुन्दर गोल गर्न असफल भयो ।

मैदानको मध्य भागबाट कप्तान विमल रानाले ओलावलेका लागि थ्रु बल निकालिदिएका थिए ।

सो पासलाई आर्मीको पोस्टतर्फ ओलावलेले बढाउँदै गोलरक्षक कुथुलाई बिट गर्न सफल भए पनि फाइनल थर्डबाट गोलमा परिणत गर्न भने सकेनन् ।

पेनाल्टी क्षेत्रभित्र बललाई पुर्याएर एडेलाजा सोमिडेका लागि बल निकालिदिए पनि सोमिडे गोल गर्न असमर्थ भएपछि मनाङ अग्रता लिनबाट चुकेको थियो ।

७६औं मिनेटमा आर्मीको सुन्दर प्रयासमा मनाङका गोलरक्षक बराल बाधक बने । पेनाल्टी क्षेत्र भित्रबाट विवेक बस्नेतले फस्ट बार च्याप्दै प्रहार गरे पनि गोलरक्षक बरलाले त्यसलाई विफल बनाइदिए ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा नै आर्मीका विवेक बस्नेतले सशक्त प्रहार गरेका थिए । निकै आक्रमक रुपमा प्रस्तुत भएपनि आर्मीको प्रयासलाई मनाङका गोलरक्षक बरालले विफल तुल्याइदिए ।

मनाङको तुलनामा थपिएको अतिरिक्त समयमा आर्मीले धेरै अट्याक गरेपनि सफल भने हुन सकेन । राइट–लेफ्ट दुवै फ्ल्याङ्कबाट आर्मीले निरन्तर प्रयास गरे पनि मनाङका गोलरक्षक र डिफेन्डर बाधा बनिरहे ।

थपिएको ३० मिनेटको २२औं मिनेटमा मनाङका ओलावलेले कट इन गर्दै आर्मीको फाइनल थर्डसम्म बल पुर्याए पनि आर्मीका डिफेन्डर विकास तामाङले बल क्लियर गरिदिएपछि मनाङ खेलमा पहिलो गोल गर्नबाट चुकेको थियो ।

दोस्रो सेमिफाइनलमा विजयी भएसँगै मनाङले फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध उपाधिका लागि खेल्नुपर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै एपिएफ फाइनल पुगिसकेको छ ।

उपाधि जित्ने क्लबले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार नगद पुरस्कारसहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०