फाइनल प्रवेशका लागि मछिन्द्र र एपिएफ भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
५ वर्षअघि
फाइनल प्रवेशका लागि मछिन्द्र र एपिएफ भिड्दै

२०औं संस्करणको आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा आज मछिन्द्र फुटबल क्लब र नेपाल एपिएफ क्लब आमनेसामने हुँदैछन् ।

पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरू हुने खेलमा मछिन्द्र एपिएफलाई पाखा लगाउँदै गोल्डकपको फाइनलमा पहिलो पटक स्थान बनाउन चाहन्छ ।

यता एपिएफसँग भने आहा राराको फाइनल खेलेको अनुभव छ । जारी प्रतियोगितामा दुई खेल जित्दै सानदार तरिकाले सेमिफाइनलमा आइपुगेको एपिएफ आफ्नो सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–० गोलान्तरले हराउँदै क्वाटरफाइनल पुगेको एपिएफले भुटनिज युथ स्पोर्ट्स क्लबलाई १–३ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

एपिएफको आजको प्रतिद्वन्द्वी मछिन्द्रले भने सिधै क्वाटरफाइनल खेलेको थियो । सङ्गटा क्लबविरुद्ध क्वाटरफाइनलमा मैदान उत्रिएको मछिन्द्रदले ४–१ को विशाल अन्तरले खेल आफ्नो कब्जामा पारेको थियो ।

दुवै उत्कृष्ट प्रदर्शन गरिरहेका टोलीबीचको आजको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ ।

जारी ‘ए’ डिभिजन लिगका नवौं चरणका खेल सकिँदा समेत आमनेसामने नभएका यी दुवै टोलीमध्ये आजको खेलमा कसले बाजी मार्ला ? यो चासोको विषयमा बनेको छ ।

लिगमा अपराजित मछिन्द्र ९ खेलबाट २३ अङ्कका साथ पहिलो स्थानमा रहँदा समान खेलबाट दश अङ्क जोडेको एपिएफ नवौं स्थानमा छ ।

आजको सेमिफाइनलको विजेताले फाइनलमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित समय: बुधबार १२ माघ, २०७८, १४:१२:०५
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०