काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजकाे ढाेका आकाशमै खुलेपछि पुनः काठमाडौँ फर्काइएको छ ।
‘प्राविधिक गडबडी’का कारण ढाेका खुलेपछि जहाजलालाई पुनः विमानस्थलमै फर्काइएको हाे ।
अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले बताए । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।
‘आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइएको छ,’ उनले भने, ‘तर,कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले हाम्रो इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’