नेपालमा नै एसम्बल गरिएकाे विद्युतीय माेटरसाइकल ‘याक’ बजारमा सार्वजनिक भएकाे छ ।
चिनियाँ कम्पनी बेन्ल्गसँग नेपालकाे जैष्णवी ग्रुपले साझेदारी गर्दै याक ब्राण्डको विद्युतीय मोटरसाइकल नेपाली बजारमा ल्याइएकाे हाे ।
‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ नेपाली बजारमा ल्याइएको उक्त विद्युतीय मोटरसाइकलले अन्य मोटरसाइकलको तुलनामा थाेरै ऊर्जा खपत गर्ने कम्पनीले जनाएको छ ।
जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्काले याक नेपाली बजारमा ल्याउने यो पहलले नेपालको अर्थतन्त्रलाई समेत टेवा पुग्ने बताएका छन् ।
यसकाे प्रयाेगले चालक, यात्रु र सर्वसाधारणलाई मात्र नभई समग्र वातावरणलाई समेत फाइदा पुग्ने ग्रुपका अध्यक्ष स्मृति पालिखेले बताइन् ।