बन्न नसकेका समाचार

फुलुश्री
शनिवार १ माघ, २०७८
४ वर्षअघि

बन्न नसकेका समाचार

सिटामोल अभावका हुम्लाका घटनाहरू
समाचार बन्न सक्दैनन् !
अनि बन्न सक्दैन समाचार,
चिसो सिरेटोले सेकिएका
मान्छेका व्यथाहरूको !
अनि समाचार बनाउन पनि त मिलेन
भरेभोलिको हुरिले उडाउने
जस्तापाताको छानामुनि सञ्चालित
आइसियू कक्षहरूको !

समाचार बन्न त,
ब्रान्डेड मदिरा, नाम चलेका सिमेन्ट र स्टिल उद्याेगहरूको
खपत बढ्नुपर्छ !

समाचार बन्न
हिउँ पर्नुपर्छ चन्द्रागिरिमा ,
चिसो बढ्नुपर्छ नगरकोटमा
अनि पानी पर्नुपर्छ काठमाडौँमा !

जब शीतलहरले
तराईमा मान्छे मर्छ्न् ,
त्यो नदेख्न
ठुला-ठुला भ्युटावरहरू बनाएछि
बल्ल बन्छन् समाचार !

यो समाचार ,
यो सरकार ,
यो शासन,
आकाश छुने महल हुनेहरूको हो !
भुइँमान्छेलाई त
भुइँमै घिस्रिन पनि कानुन लाग्छ ।

तर ढुक्क हुनुस् !
तपाई
समृद्ध नेपाल
खुसी नेपाली मध्यमा पर्नुहुन्छ ।

-फुलुश्री

प्रकाशित समय: शनिवार १ माघ, २०७८, १२:३८:०४

सम्बन्धित खबर

जन्मदिनको रातः दुई बालिकाको जीवन अन्धकारमा डुबाउने एक किशोर

आईतबार १० कार्तिक, २०८२
२ महिनाअघि

ह्वात्तै बढ्यो उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या

आईतबार १२ असोज, २०८२
३ महिनाअघि

जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू

सोमबार २३ भदौ, २०८२
३ महिनाअघि

तीन दिनको अन्तरालमा आमा-बुबाको निधन, नाबालिग छोरीले गरे काजकिरिया

शुक्रबार २० भदौ, २०८२
३ महिनाअघि

हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि सामूहिक बलात्कारको प्रयास, तीन जना पक्राउ

बिहिबार १२ भदौ, २०८२
४ महिनाअघि

सप्तरीमा एक सातायता पाँच महिला र तीन पुरुष गरी आठ जनाको शव फेला

सोमबार ९ भदौ, २०८२
४ महिनाअघि
नीति संवादमा व्यवसायीहरूको जोड : कृषिलाई प्राथमिकतामा राखेर नीति-निर्माण गर्नुपर्छ
मङ्गलबार १ पुस, २०८२
अभिषेक गिरीको अगुवाइमा विराटनगरका १५० युवा कांग्रेसमा प्रवेश
शनिवार २८ मङ्सिर, २०८२
शिक्षादीपमा नवप्रवर्तन प्रदर्शनी : रोबोट, एआई भ्वाइस असिस्टेन्टदेखि ‘एग्रो कनेक्ट’ एपसम्म प्रदर्शन
शनिवार २८ मङ्सिर, २०८२
कांग्रेस महाधिवेशन : विराटनगर महानगर सभापतिमा युवा नेता गिरीको चर्चा
शुक्रबार २७ मङ्सिर, २०८२
मोरङ-४ को युवा प्रतिनिधि पदमा बुढाथोकी र गिरीको उम्मेदवारी
मङ्गलबार १० मङ्सिर, २०८२
टी–२० विश्वकपको तालिका : नेपाल ‘ग्रुप अफ डेथ’ मा !
आईतबार ८ मङ्सिर, २०८२
एमबिबिएस र इन्जिनियरिङमा सफल विद्यार्थीलाई अरनीको कलेजले गर्‍यो सम्मान
आईतबार ८ मङ्सिर, २०८२
विराटनगरको सृष्टि सहकारीले बाँड्यो आफ्ना शेयर सदस्यहरूलाई पौने १३ प्रतिशत लाभांश
शनिवार ७ मङ्सिर, २०८२
क्यान महासंघ मोरङको वार्षिक साधारणसभा सम्पन्न
शुक्रबार ६ मङ्सिर, २०८२
एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्ने कान्तिपुरका राजनारायण एक लाख नगदसहित सम्मानित
शुक्रबार ६ मङ्सिर, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०