नेपाल बंगलादेश र नबिल बैंकबीच एक आपसमा मर्जरमा जाने सहमति भएको छ ।
यी दुई बैंकहरुले मर्जरसम्बन्धी सम्झौता पत्रमा आज (बिहीबार) साँझ हस्ताक्षर गरेका छन् । नबिल बैंककाे तर्फबाट मर्जर कमिटीका संयाेजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेशका तर्फबाट संयाेजक इन्द्रबहादुर थापाले सम्झाैता पत्रमा हस्ताक्षर गरेका थिए ।
मर्ज भएपछि बैंककाे चुक्ता पुँजी २ सय २५ कराेड पुगेकाे छ । सम्झाैता अनुसार अबदेखि नेपाल बंगलादेश बैंकको सम्पूर्ण कारोबार नबिल बैंकको नाममा हुने र बैंकको वर्तमान सञ्चालक समितिका सदस्यहरु सञ्चालक समितिमा रहने सहमति भएको छ ।
प्रारम्भिक सहमतिका अनुसार मर्जरपछि बैंकको नाम नबिल बैंक नै हुन जनाइएको छ । मर्जर पश्चात बैंकको अध्यक्ष हालका नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी अधिकृत पनि नबिल बैंककै अनिल केशरी शाह हुनेछन् ।