भारतको कर्नाटकस्थित हावेरी जिल्लामा एक व्यक्तिले बैँकमा आगो लगाइदिएका छन् ।
बैँकले ऋण आवेदन अस्वीकार गरेपछि ३३ वर्षिय वसिम हजरतसाब मुल्लाले बैँकमा आगो लगाइदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वसिमले हेदुगोन्डाको केनरा बैँकको ऋणको लागि निवेदन दिएका थिए । तर, उनको सीभिल स्कोर कम भएका कारण बैकँले ऋण आवेदन अस्वीकार गरेको जनाइएको छ ।
बैँकले ऋण अस्विकार गरेपछि शनिबार राति बैँक गइ मुल्लाले झ्याल फुटाएर बैँक भित्र पेट्रोल छरेर आगो लगाइदिएका हुन् । धुवाँ देखेपछि छेछाउका मानिसले प्रहरी र दमकललाई बोलाएपछि आगो नियन्त्रण गरिएको थियो ।
प्रहरीका अनुसार आगलागीमा करिब १२ लाखको क्षती भएको छ । पाँचवटा कम्प्युटर, पङ्खा, बत्ती, पासबुक प्रिन्टर, क्यास काउन्टिङ मेसिन, सिसिटिभी र क्यास काउन्टरमा क्षती पुगेको छ ।
गाउँबाट भाग्न लाग्दै गर्दा मुल्लालाई समातिएको जनाइएको छ ।