ल्यापटप किन्दै हुनुहुन्छ ? जानी राखौँ यी ६ कुरा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
५ वर्षअघि

के तपाई ल्यापटप खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि खरिद गर्ने सोचमा हुनुहुन्छ भने खरिद गर्नुअघि केही प्राविधिक कुरामा ध्यान दिन अति नै आवश्यक हुन्छ । प्राविधिक ज्ञान नभएका अवस्थामा हामीले खोजेजस्तो तथा सोचेजस्तो ल्यापटप नपाउन सक्छौँ ।
ल्यापटप खरिद गर्दा केही ध्यान दिनुपर्ने कुराहरू निम्नानुसार रहेका छन् ।
१. बजेट

सर्वप्रथम त आवश्यक कुरा भनेको बजेट नै हो । हामीसँग जति बजेट छ त्यहीअनुरूपकै ल्यापटप हामीले हेर्नुपर्छ । ल्यापटप न्यूनतम पनि २५ हजार र महँगोमा तिनका विशेषता र फास्ट पुर्जाहरू थपिएमा दुई तीन लाखसम्म पनि पर्न सक्छ ।

नेपाली रु. ३० हजारसम्ममा क्रोमबुक, साना र स्लो विन्डोज ल्यापटपहरू खरिद गर्न सकिन्छ ।

एक लाखभन्दा बढी पर्ने ल्यापटपहरू खरिद गर्न सकेमा निकै नै स्लिम र फास्ट किसिमका ल्यापटपहरू खरिद गर्न सकिन्छ ।

२. प्रोसेसर

ल्यापटप वा कम्प्युटरको काम नियन्त्रण गर्ने काम प्रोसेसरले गर्दछ । यसकारण ल्यापटप वा कम्प्युटरमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै उक्त ल्यापटप वा कम्प्युटरको प्रोसेसर हो । ल्यापटप वा कम्प्युटर कति फास्ट गर्ने त्यो प्रोसेसरले निर्धारण गर्दछ ।

जति शक्तिशाली र फास्ट प्रोसेसर, त्यत्ति नै फास्ट कम्प्युटर । इन्टेल र एएमडीले हरेक वर्ष कम्प्युटर र ल्यापटपका लागि नयाँ र अपडेट गरेको प्रोसेसर रिलिज गर्छन् र मुख्यतया हालसम्म बजारमा यी दुई कम्पनीले नै यसको उत्पादन गरिरहेका छन् ।

विशेषतः भिडियो हेर्न, नेट चलाउन वा अफिससम्बन्धी कामहरू गर्नलाई फास्ट प्रोसेसरको आवश्यकता पर्दैन तर गेम खेल्न, भिडियो एडिटिङ, ग्राफिक डिजाइन आदि जस्ता कामहरूमा गर्नका लागि शक्तिशाली प्रोसेसरको निकै आवश्यकता हुन्छ ।

३. र्‍याम

ल्यापटप खरिद गर्दा अर्का ध्यान दिनुपर्ने कुरा भनेको र्‍याम पनि हो । आफूले कस्तो काम गर्ने हो ल्यापटपमा त्यहीअनुसार कति जिबी भएको ल्यापटप खरिद गर्ने भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ ।

सीमित बजेट छ र खरिद गर्न लागिएको ल्यापटपमा र्‍याम अपग्रेड गर्न मिल्छ भने आफ्नो बजेटअनुसारको र्‍यामको साइज भएको ल्यापटप खरिद त्यसलाई पछि आवश्यकताअनुसार अपग्रेड गर्दा पनि हुन्छ तर यदि तपाईले खरिद गर्न लागेको ल्यापटपमा र्‍याम अपग्रेड गर्न मिल्दैन भने सुरुमा नै आफूलाई चाहिएअनुसारको र्‍याम भएको ल्यापटप खरिद गर्नु उपयुक्त हुन्छ ।

इन्टरनेट मात्र चलाउनका लागि मात्र पनि चार जिबी र्‍याम भएको ल्यापटप स्लो हुनेगर्छ जसका कारण अहिलेको समयमा आठ जिबी र्‍याम लगभग अनिवार्यजस्तै बनेको छ । अफिस कार्यका लागि आठ जिबी र्‍याम, गेमिङका लागि आठ वा १६ जीबी र्‍याम र भिडियो एडिटिङ, ग्राफिक डिजाइन आदि जस्ता कामहरूका लागि १६ जिबी र्‍याम उचित हुन्छ ।

तसर्थ ल्यापटप खरिद गर्ने समयमा नै र्‍याम अपग्रेड गर्न मिल्छ कि मिल्दैन र आफ्नो कामको आवश्यकताअनुसार चार, आठ वा १६ जिबी चाहिने सो कुरालाई मध्यनजर गर्नुपर्ने हुन्छ ।

४. शक्तिशाली कि पोर्टेबल ?

पोर्टेबल ल्यापटपहरूमा प्रायःजसो तुलनात्मक रूपमा कम वाटको स्लो प्रोसेसर हुनेगर्छ भने शक्तिशाली ल्यापटहरूमा फास्ट प्रोसेसर र ग्राफिक कार्ड भएको हुनाले मोटा, ठुला र बोकेर हिँड्न अफ्ठ्यारो हुने हुन्छ ।

शक्तिशाली वा पोर्टेबल ल्यापटप भन्ने कुरालाई पहिले नै विचार पुर्‍याउन पर्ने हुन्छ तर शक्तिशाली र पोर्टेबल दुवै भएको ल्यापटप पनि खरिद गर्न पाइन्छ जुन तुलनात्मक रूपमा अरू साधारण ल्यापटपभन्दा निकै नै महँगा हुन्छन् ।

५. ग्राफिक कार्ड भएको कि नभएको ?

क्यान्डी क्रस, एसफाल्ट नाइन, पबजी मोबाइल भर्सनजस्ता गेमहरू खेल्ने विचारमा छ भने ग्राफिक कार्ड भएको ल्यापटपको त्यति आवश्यकता पर्दैन यी साना र पुराना गेमहरू ग्राफिक कार्ड नभएको ल्यापटपमा पनि चल्न सक्छ ।

तर नयाँ गेम खेल्नका लागि, भिडियो एडिटिङ, ग्राफिक डिजाइन आदिका लागि भने ग्राफिक कार्ड भएको ल्यापटप खरिद गर्नु उचित हुन्छ ।

६. एसएसडी भएको ल्यापटप किन्नु उचित

बजारमा विभिन्न किसिमका एसएसडीहरू पाउन सकिन्छ । साधारण हार्ड डिस्कको तुलनामा एसएसडीहरू १० गुणाभन्दा बढी फास्ट हुन्छन् ।

त्यतिमात्र होइन अझ महँगा एसएसडीहरू हार्ड डिस्कभन्दा ३० गुणासम्म पनि फास्ट हुन्छन् ।

ल्यापटपलाई फास्ट बनाउनका लागि एसएसडीको प्रयोग गर्ने गरिन्छ ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, १९:३२:४६

सम्बन्धित खबर

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
८ घण्टाअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
१५ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०