प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितका लागि नेपाल आर्मीले नेपाल पुलिसलाई एक सय ३८ रनको विजयी लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट रङ्गशालामा भएको खेलमा पुलिसले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले ४४ र सोमपाल कामीले ४२ रन बनाएर विशाल योगफलतर्फ डोर्याए पनि अन्य ब्याटर खासै चल्न सकेनन् ।
पुलिसका लागि करन केसीले चार र योगन्द्रसिंह कार्कीले दुई विकेट लिएका थिए ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेका यी दुवै टोलीले आ–आफ्नो पहिलो खेलमा तीन–तीन अङ्क बटुलिसकेका छन् ।
हिजो भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हराएको थियो भने नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनको झिनो अन्तरले पाखा लगाएको थियो ।
दुई समूहमा विभाजित टोलीमध्येका शीर्ष चार टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल माघ ५ मा हुनेछ ।