के हो र्याम ? कति र्याम भएकाे पिसी किन्ने ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ पुस, २०७८
२ वर्षअघि

कुनैपनि कम्प्युटरको आधारभूत तत्व हो र्याम (RAM) ।

कम्प्युटरको अपरेटिंग सिस्टमदेखि लिएर प्रयोगकर्ताले प्रयोग गर्ने सबै प्रोग्रामहरू र्याममा लोड हुने गर्छ ।

कम्प्युटर अन गरेपछि हार्ड डिस्कबाट अपरेटिंग सिस्टमका लागि आवश्यक पर्ने फाइलहरू र्याममा सरुवा हुन्छ । र्यामले कम्प्युटर सुचारु भएको बेलामा मात्र काम गर्छ भने कम्प्युटर अफ भएपछि र्याममा भएका सम्पूर्ण फाइलहरू स्वतः डिलिट हुन्छ ।

जति धेरै क्षमताकाे र्याम, त्यती नै धेरै प्रोग्रामहरु एकै पटकमा कम्प्युटरलाई स्लो नबनाइ चल्न सक्छ । फोटोसप, लाइटरूम, एडाेब भिडियो एडिटर जस्ता सफ्टवेयर राम्रोसँग प्रयोग गर्नका लागि धेरै क्षमताकाे र्याम उपयोगी हुन्छ । ल्यापटपको र्याम र डेस्कटपमा प्रयोग हुने र्याम भिन्न प्रकारका हुन्छन् ।

प्रयोगकर्ता अनुसार र्यामको आवश्यकता फरक

प्रयोगकर्ताको आवश्यकता अनुसार कति जीबी र्याम भएको कम्प्युटर खरिद गर्ने भन्ने निर्धारण गर्न सकिन्छ ।

२ जीबी वा सो भन्दा कम
एक पटकमा एउटा मात्र प्रोग्राम चलाउने र क्रोम जस्ता ब्राउजरमा पनि ४–५ वटाभन्दा बढी ट्याब नखोल्ने प्रयोगकर्ता हुनुहुन्छ भने तपाईकाे लागि २ जीबीसम्मको र्याम उपयुक्त हुन्छ ।

४ जीबी
सामान्य घरेलु प्रयोजनका लागि, अफिसका वर्ड, एक्सेल आदि कामका लागि, सामान्य  इन्टरनेट ब्राउज गर्नका लागि ४ जीबीसम्मको र्याम उचित हुन्छ ।

८ जीबी
नयाँ गेमहरू खेल्न, फोटो र भिडियो एडिटिंग गर्न, इन्टरनेट ब्राउज गर्दा धेरै वटा ट्याब खोलेर काम गर्न ८ जीबीको र्याम उपयुक्त हुन्छ ।

१२ जीबी देखि १६ जीबी सम्म
उच्च गुणस्तरका गेमहरू खेल्न, रेजोलुसनमा काम गर्न,  फोटो/भिडियो एडिटिंग, थ्री डी मोडलिङ आदिका कामका गर्नका लागि १२ देखि १६ जीबीसम्मको र्याम उपयुक्त हुन्छ ।

१६ जीबी वा बढी
यदि तपाई विज्ञान सम्बन्धि रिसर्च गर्न र सिमुलेसनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ भने तपाईका लागि १६ जीबीसम्मका र्याम उपयुक्त हुन्छ ।

जान्नु पर्ने अन्य कुराहरू

आजभोलिका नयाँ स्लिम ल्यापटपहरूमा पछि र्याम थप्न वा फेर्न मिल्दैन, त्यसैले खरिदको समयमा नै आवश्यकता अनुसारको र्यामको साइज निर्धारण गर्नु उपयुक्त हुन्छ । थोरैमा पनि ८ जीबी र्याम भएका ल्यापटप किन्नु उपयुक्त हुन्छ ।

प्रकाशित समय: सोमबार २६ पुस, २०७८, २०:४६:१७

सम्बन्धित खबर

Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८