देशमा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै राजनीतिक भेला र कार्यक्रम तत्काल नगर्न आह्वान गरिएको छ ।
कोभिड सङ्कट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसीसी)ले सार्वजनिक स्थलमा धेरै जना उपस्थित हुने गरी कुनै पनि प्रकारका राजनीतिक, प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न आह्वान गरेको हो । त्यस्तै, अत्यावश्यक कार्यक्रमको हकमा भने स्थानीय प्रशासनको अनुमति लिनुपर्ने बताइएकाे छ ।
सीसीएमसीसीले अर्को सूचना सार्वजनिक नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न र नगराउन सबै स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।