शेर्पा चिप्लिँदा, थ्रीस्टार उक्लियाे

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ पुस, २०७८
५ वर्षअघि

हिमालय शेर्पालाई २–० गोलान्तरले हराउँदै थ्रीस्टार ‘ए’ डिभिजन लिग अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

दशरथ रङ्गशालामा आज भएको एकमात्र खेलमा थ्रीस्टारलाई जिताउन अन्सुमाना क्रोमाहले एक गोल गरे भने एक गोल शेर्पाले उपहार दिएको थियो ।

Advertisement

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ५६औँ मिनेटमा थ्रीस्टारले अग्रता लिएको थियो ।

ऋतिककुमार खड्काको स्लो टच शेर्पाको डिफेन्डर अमृत श्रेष्ठसँग ठोक्किदै डिफ्लेक्ट भएपछि गोलरक्षक दीप कार्की निरीह बनेका थिए ।

पहिलो गोल उपहारमा दिएपछि निकै सन्तुलित फुटबल खेलेको शेर्पा खेल अवधिभर गोल गर्न भने असफल रह्यो । यता थ्रीस्टारले भने दोस्रो गोलका लागि निर्धारित समयपछिको अतिरिक्त समयसम्म पर्खिनु प¥यो । दोस्रो हाफमा थपिएको १० मिनेटको इन्ज्यूरी समयको छैटौँ मिनेटमा अन्सुमानाले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे ।

लाकेन लिम्बूले मध्यभागबाट निकालिदिएको पासमा अन्सुमानाले वान भर्सेज वानमा उत्कृष्ट गोल गरेसँगै थ्रीस्टार शेर्पाविरुद्ध २–० को जित निकाल्न सफल भएको हो ।

जितसँगै अङ्कतालिकामा शेर्पालाई पछि पार्दै थ्रीस्टार पाँचौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेको शेर्पा ११ अङ्कको साथ तालिकाको छैटौँ स्थानमा झरेको छ ।

लिगको आठौँ चरणको अन्तिम खेलमा भोलि नेपाल पुलिस क्लब र ब्रीगेड ब्वाइज क्लब आमनेसामने हुँदैछन् । खेल दशरथ रङ्गशालामा दिउँसो एक बजे सुरू हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०