काठमाडौँका सबै स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र सेवा लिन सकिने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ पुस, २०७८
५ वर्षअघि

राष्ट्रिय परिचयपत्र लिन काठमाडौँमा बढेको भीडलाई सम्बोधन गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यवस्था गर्ने भएको छ ।

आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै विभागले आइतबारदेखि काठमाडौँ जिल्लाका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने गरी व्यवस्था मिलाएकाे हाे ।

विद्युतीय राहदानी लिनका लागि राहदानी विभागले मङ्सिर १ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौँ प्रशासन कार्यालय क्षेत्रमा अत्यधिक भीड हुने गरेको छ । साेही भीडकाे सम्बाेधन गर्दै विभागले यस्ताे व्यवस्था गरेकाे जनाएकाे छ ।

राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपनि सबै जिल्ला प्रशासन कार्यायलयमा विद्युतीय राहदानीको अनलाइन आवेदन दिन सकिने व्यवस्था भइनसकेकाले काठमाडौँमा आई राहदानीको सेवा लिने नागरिकलाई सो व्यवस्था गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘बागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीका जिल्ला प्रशासन कार्यालय काठमाडौँमा व्यवस्था मिलाइएको छ’ विज्ञप्तिमा लेखिएको छ, ‘ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसरमा व्यवस्था गरिएको छ ।’

कोभिड संक्रमणबाट सुरक्षित रहदै राहदानी बनाउन अनुरोध गरेको विभागले अत्यावश्यक नभए भीडभाड नगरी क्रमिक रुपमा नै विवरण उपलब्ध गराउन र सम्भव भएसम्म जिल्लाबाट नै राष्ट्रिय परिचयपत्र लिन अनुरोध गरेको छ ।

प्रकाशित समय: शुक्रबार २३ पुस, २०७८, २३:३८:०१

सम्बन्धित खबर

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
४२ minutes

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
२ घण्टाअघि

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द

शुक्रबार ९ असोज, २०८३
३ घण्टाअघि

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
५ घण्टाअघि

एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य

शुक्रबार ९ असोज, २०८३
५ घण्टाअघि

‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’

शुक्रबार ९ असोज, २०८३
५ घण्टाअघि
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०