काठमाडौँका सबै स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र सेवा लिन सकिने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ पुस, २०७८
३ वर्षअघि

राष्ट्रिय परिचयपत्र लिन काठमाडौँमा बढेको भीडलाई सम्बोधन गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यवस्था गर्ने भएको छ ।

आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै विभागले आइतबारदेखि काठमाडौँ जिल्लाका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने गरी व्यवस्था मिलाएकाे हाे ।

विद्युतीय राहदानी लिनका लागि राहदानी विभागले मङ्सिर १ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौँ प्रशासन कार्यालय क्षेत्रमा अत्यधिक भीड हुने गरेको छ । साेही भीडकाे सम्बाेधन गर्दै विभागले यस्ताे व्यवस्था गरेकाे जनाएकाे छ ।

राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपनि सबै जिल्ला प्रशासन कार्यायलयमा विद्युतीय राहदानीको अनलाइन आवेदन दिन सकिने व्यवस्था भइनसकेकाले काठमाडौँमा आई राहदानीको सेवा लिने नागरिकलाई सो व्यवस्था गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘बागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीका जिल्ला प्रशासन कार्यालय काठमाडौँमा व्यवस्था मिलाइएको छ’ विज्ञप्तिमा लेखिएको छ, ‘ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसरमा व्यवस्था गरिएको छ ।’

कोभिड संक्रमणबाट सुरक्षित रहदै राहदानी बनाउन अनुरोध गरेको विभागले अत्यावश्यक नभए भीडभाड नगरी क्रमिक रुपमा नै विवरण उपलब्ध गराउन र सम्भव भएसम्म जिल्लाबाट नै राष्ट्रिय परिचयपत्र लिन अनुरोध गरेको छ ।

प्रकाशित समय: शुक्रबार २३ पुस, २०७८, २३:३८:०१
खेलकुद महासंघ मोरङ अध्यक्षमा राय, उपाध्यक्ष बने रिक्की
शनिवार ५ माघ, २०८१
कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट
शनिवार ५ माघ, २०८१
भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
शनिवार ५ माघ, २०८१
किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु
शनिवार ५ माघ, २०८१
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिवार ५ माघ, २०८१
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
शनिवार ५ माघ, २०८१
प्रचण्डको दाबी- अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ
शनिवार ५ माघ, २०८१
यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
शनिवार ५ माघ, २०८१
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिवार ५ माघ, २०८१
इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
शनिवार ५ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०