इटालीबाट चार्टर्ड उडानमा अमृतसर पुगेका एक सय २५ यात्रुमा कोभिड पोजिटिभ देखिएको छ ।
एयर इन्डियाको फ्लाइटबाट इटालीबाट अमृतसर आएका एक सय २५ यात्रुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । चार्टर गरिएको फ्लाइटमा एक सय ७९ यात्रु रहेको जनाइएको छ ।
अमृतसर इन्टरनेसनल एयरपोर्टका एयरपोर्ट डायरेक्टर भिके सेठका अनुसार बुधबार उडानबाट आएका यात्रुको कोभिड जाँच गरिएको र परीक्षणबाट सङ्क्रमण पुुष्टि भएको हो ।
विमानमा रहेका एक सय ६० जनाको मात्र परीक्षण गरिएको थियो भने बाँकी १९ जना बालबालिका रहेकाले उनिहरूको परीक्षण गरिएको थिएन । एक सय ६० जनाको परीक्षण गरिएको मध्ये एक सय २५ जनामा सङ्क्रमण देखिएको हो ।