नेपालको पूर्वी भागमा भूकम्पको धक्का महसुस गरिएको हो । बिहीबार बेलुका साढे ८ बजे आसपासको समयमा झापा, इलाम सुनसरी लगायत पूर्वी भागमा भूकम्पको धक्का महसुस गरिएको हो ।
उत्तर बंगालमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । स्थानीय समय बेलुका ८ बजेर १६ मिनेटको समयमा गएको उक्त भूकम्पको केन्द्रबिन्दू भूटान र पश्चिम बंगालको सीमाना भएको बताइएको छ ।