अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा मोबाइल वालेट ई-सेवाले १० प्रतिशत क्यासब्याक दिने भएको छ ।
वालेटले नयाँ वर्षको पूर्वसन्ध्यामा न्यूनतम एक सय रुपैयाँको मोबाइल टपअप तथा डेटा प्याक खरिदमा १० प्रतिशत क्यासब्याक दिने भएको हो ।
तर क्यासब्याक रकम अधिकतम ५० रुपैयाँसम्म हुनुपर्ने कम्पनिले जनाएको छ । क्यासब्याक पाउनका लागि प्रयाेगकर्ताले प्रोमो कोड ‘NY2022’ प्रयोग गर्नुपर्ने जनाइएको छ ।
कम्पनीले जनाएअनुसार सुरुवाती पाँच हजार जनाका लागि मात्र क्यासब्याक रकम उपलब्ध हुनेछ ।