नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी ३५ रुपैयाँले महँगिएको छ।
नेपालमा आज छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, असली चाँदीको मूल्य प्रतितोला तीन हजार ७५ रुपैयाँ कायम भएको छ।
यसअघि हिजो सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी तीन हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
हिजोको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य बढेको हो।