राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारको अवसरमा गाईको पूजा गरेका छन्। उनले राष्ट्रपति भवन शीतल निवासमा विधिपूर्वक गाईको पूजा गर्दै खानेकुरासमेत खुवाएका हुन्।
तिहारको दोस्रो दिन मनाइने गाई तिहारमा गाईलाई धनधान्य र समृद्धिकी देवी लक्ष्मीको प्रतीकका रूपमा पूजाआजा गर्ने धार्मिक मान्यता छ।
यस दिन गाईको पूजा गरी मिठो खानेकुरा खुवाउने तथा सम्मान प्रकट गर्ने परम्परा रहिआएको छ। गाईलाई सुख, समृद्धि र सौभाग्यको प्रतीकका रूपमा लिने गरिन्छ।