विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७सय रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर तीन हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सोमबार प्रतितोला तीन हजार ७२० रुपैयाँ कारोबार भएको थियो ।