विराटनगर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको परम्परागत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरेको छ।
भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै धेरै नागरिकको मृत्यु, बेपत्ता र हजारौँ घरबारविहीन भएकाले कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि आपसी सद्भाव, भ्रातृत्व र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो।