गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १ कार्तिक, २०८३
३ घण्टाअघि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा निर्वाचित गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन्। सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गरेका थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै महाधिवेशनकै सबैभन्दा बढी मत पाउने उम्मेदवार बनेका हुन्।
थापाले कुल मतको ९४.६ प्रतिशत प्राप्त गर्दा खड्काले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन्। सभापति पदमा थापाले प्राप्त गरेको मतले उनलाई महाधिवेशनका निर्वाचित उम्मेदवारमध्ये पहिलो स्थानमा पुर्‍याएको छ।
महाधिवेशनको उपलब्ध मतपरिणामअनुसार सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवारको सूचीमा सभापति थापासँगै खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समावेशी समूहबाट निर्वाचित नेताहरू परेका छन्।

सर्वाधिक मत ल्याउनेमा को दोस्रो र तेस्रो?
सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवारको सूचीमा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन दोस्रो स्थानमा छन्। उनले ५ हजार ३३० मत अर्थात् कुल मतको ७७.५ प्रतिशत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा वासना थापा रहेकी छन्। महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित उनले ५ हजार १९३ मत अर्थात् ७४ प्रतिशत मत प्राप्त गरेकी छन्।
त्यस्तै, बागमतीबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मतसहित चौथो स्थानमा रहेकी छन्। उनले ७३.८ प्रतिशत मत प्राप्त गरेकी छन्।
महिला सहमहामन्त्रीमा निर्वाचित प्रतिमा गौतम ५ हजार ११६ मतसहित पाँचौँ स्थानमा छिन्। उनले कुल मतको ७२.९ प्रतिशत मत प्राप्त गरेकी छन्।

Advertisement

टप टेनमा सहमहामन्त्रीदेखि युवा नेतासम्म
खुला केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राई ४ हजार ९५६ मतसहित छैटौँ स्थानमा छन्। उनले ७२ प्रतिशत मत प्राप्त गरेका छन्।
दलित सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८०३ मतसहित सातौँ स्थानमा परेका छन्। उनले ६९.२ प्रतिशत मत प्राप्त गरेका छन्।
जनजाति केन्द्रीय सदस्यमा निर्वाचित तीर्थ लामा ४ हजार ८५३ मतसहित आठौँ स्थानमा रहेको विवरणमा उल्लेख छ। उनले ६९.१ प्रतिशत मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यमा निर्वाचित इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ स्थानमा छन्। उनले ६८.८ प्रतिशत मत प्राप्त गरेका छन्।
यस्तै, गण्डकीबाट ३५ वर्षमुनिको युवा कोटामा केन्द्रीय सदस्य निर्वाचित इन्जिनियर सुवास पौडेल शीर्ष १० मा परेका छन्। उनले ४ हजार ५४९ मत अर्थात् ६५.८ प्रतिशत मत प्राप्त गर्दै दसौँ स्थान हासिल गरेका छन्।

सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवार
१. गगनकुमार थापा — सभापति — ६,५८४ मत (९४.६%)
२. चिरीबाबु महर्जन — खुला केन्द्रीय सदस्य — ५,३३० मत (७७.५%)
३. वासना थापा — महिला खुला केन्द्रीय सदस्य — ५,१९३ मत (७४%)
४. हरिप्रभा खड्गी — बागमतीबाट महिला केन्द्रीय सदस्य — ५,१२६ मत (७३.८%)
५. प्रतिमा गौतम — महिला सहमहामन्त्री — ५,११६ मत (७२.९%)
६. निश्कल राई — खुला केन्द्रीय सदस्य — ४,९५६ मत (७२%)
७. प्रकाश रसाइली ‘स्नेही’ — दलित सहमहामन्त्री — ४,८०३ मत (६९.२%)
८. तीर्थ लामा — जनजाति केन्द्रीय सदस्य — ४,८५३ मत (६९.१%)
९. इन्द्रबहादुर बानियाँ — खुला केन्द्रीय सदस्य — ४,७३२ मत (६८.८%)
१०. इन्जिनियर सुवास पौडेल — गण्डकीबाट ३५ वर्षमुनिको युवा केन्द्रीय सदस्य — ४,५४९ मत (६५.८%)

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०