विराटनगर । दसैँको फूलपातीका दिन शनिबार गृहमन्त्री सुधन गुरुङले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन्।
उनले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका हुन्। दसैँका अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोकामा भक्तजनको घुइँचो लाग्ने गरेको छ।
फूलपातीका दिन विभिन्न शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ।