दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

दसैँको चहलपहल बढिरहेका बेला बाँकेका किसान भने पाकेको धान सुरक्षित रूपमा घर भित्र्याउने धपेडीमा छन्। वर्षभरि खाने अन्न बालीमा वर्षाले क्षति पुर्‍याउने चिन्ताले किसानलाई चाडपर्वभन्दा खेतबारीको काममा बढी व्यस्त बनाएको छ।

नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापाका अनुसार असारमा रोपेको धान पाकेर खेतमा पहेँलपुर भएको छ। तर, मौसममा फेरि बदली भएर पानी परे बालीमा ठूलो क्षति हुन सक्ने भएकाले उनीहरू छिटो धान काटेर भित्र्याउन लागिपरेका छन्।

Advertisement

गत साता परेको भारी वर्षाका कारण धान काट्ने काम प्रभावित भएको थियो। केही दिनदेखि पानी रोकिएपछि किसानले खेताला लगाएर धान काट्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिएका छन्।

यस वर्ष दसैँ ढिलो परेकाले धान पाक्ने समय र चाडपर्व एकैपटक जुधेको राप्ती सोनारी–५ का किसान अशोक वलीले बताए। धान भित्र्याउनुपर्ने समयसँगै बारीमा गहुँ छर्ने बेला पनि सुरु भएकाले किसानलाई कामको चाप थपिएको उनको भनाइ छ।

राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीका अनुसार वर्षाका कारण रोकिएको धान काट्ने काम अहिले किसानले आपसी सहयोग र अर्मपर्म गरेर अघि बढाइरहेका छन्। समयमै मनसुन सुरु भएकाले यस वर्ष धान उत्पादन राम्रो देखिए पनि पाकेको बाली भित्र्याउने बेलामा वर्षाको जोखिम कायम रहेको उनले बताए।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पनि धान पाकेर काट्ने समयमा पानी पर्ने जोखिमका कारण किसानले धमाधम बाली भित्र्याइरहेको जानकारी दिइन्।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान खेती हुने गरेको छ। यस वर्ष भने ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

किसानका लागि अहिले दसैँको खुसीभन्दा पाकेको धान सुरक्षित रूपमा घर पुर्‍याउनु ठूलो प्राथमिकता बनेको छ। वर्षाले बालीमा क्षति नगरे यस वर्षको मेहनतले राम्रो प्रतिफल दिने उनीहरूको आशा छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चाडपर्व सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी

मङ्गलबार २७ असोज, २०८३
२३ minutes

उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह

मङ्गलबार २७ असोज, २०८३
२ घण्टाअघि

तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो

मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै

मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता

मङ्गलबार २७ असोज, २०८३
४ घण्टाअघि

विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै

मङ्गलबार २७ असोज, २०८३
४ घण्टाअघि
चाडपर्व सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी
मङ्गलबार २७ असोज, २०८३
उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह
मङ्गलबार २७ असोज, २०८३
दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर
मङ्गलबार २७ असोज, २०८३
तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो
मङ्गलबार २७ असोज, २०८३
पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै
मङ्गलबार २७ असोज, २०८३
सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता
मङ्गलबार २७ असोज, २०८३
विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै
मङ्गलबार २७ असोज, २०८३
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
मङ्गलबार २७ असोज, २०८३
खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन
मङ्गलबार २७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०