सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

यस वर्ष स्याउ उत्पादन बढे पनि सडक अवरोधका कारण मुस्ताङमा उत्पादित स्याउको निकासी प्रभावित भएको छ। हालसम्म जिल्लामा उत्पादन भएको स्याउमध्ये ३० प्रतिशत मात्रै जिल्ला बाहिर पठाइएको छ।

असोज ११ गतेको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ बजारसम्म पुर्‍याउन समस्या भएको हो। सडक सञ्चालनमा आएपछि भने किसान र व्यापारीले स्याउ टिपेर बिक्रीका लागि पठाउन थालेका छन्।

Advertisement

कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार सामान्य अवस्थामा यतिबेलासम्म करिब ७० प्रतिशत स्याउ बजारमा पुगिसक्नुपर्ने थियो। तर, सडक अवरुद्ध हुँदा ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। उत्पादित स्याउमध्ये करिब १० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष जिल्लामा १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो। उत्पादन बढेकाले यस वर्ष करिब दुई अर्ब रुपैयाँ बराबरको स्याउ बिक्री हुने अनुमान गरिएको छ।

सडक मर्मतपछि यातायात सञ्चालनमा आए पनि आवागमन अझै सहज भइसकेको छैन। उता, स्याउ बिक्री गर्ने मुख्य याम घर्किन लागेपछि किसानहरू छिटोछिटो स्याउ टिपेर बजार पठाउन व्यस्त भएका छन्।

घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार सडक खुलेको दुई दिनमै छ ट्रक स्याउ काठमाडौं पठाइएको छ। तर, अहिलेसम्म उत्पादनको ३० प्रतिशत मात्रै बजारमा पुर्‍याउन सकिएको उनले बताए।

मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बढी खपत हुने गर्छ। यसपटक सडक अवरोधले यही मुख्य बिक्रीको समय प्रभावित भएपछि किसान र व्यापारीलाई स्याउको बिक्री तथा व्यवस्थापनमा चुनौती थपिएको छ।

जिल्लास्तरीय निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्न पाउने व्यवस्था गरिएको थियो। अहिले मुस्ताङका पाँचै स्थानीय तहमा उत्पादित स्याउ बिक्रीका लागि बाहिरी बजार पठाउन थालिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह

मङ्गलबार २७ असोज, २०८३
४४ minutes

दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर

मङ्गलबार २७ असोज, २०८३
२ घण्टाअघि

तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो

मङ्गलबार २७ असोज, २०८३
२ घण्टाअघि

पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै

मङ्गलबार २७ असोज, २०८३
२ घण्टाअघि

विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै

मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने

मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि
उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह
मङ्गलबार २७ असोज, २०८३
दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर
मङ्गलबार २७ असोज, २०८३
तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो
मङ्गलबार २७ असोज, २०८३
पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै
मङ्गलबार २७ असोज, २०८३
सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता
मङ्गलबार २७ असोज, २०८३
विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै
मङ्गलबार २७ असोज, २०८३
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
मङ्गलबार २७ असोज, २०८३
खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन
मङ्गलबार २७ असोज, २०८३
सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो
मङ्गलबार २७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०