स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ असोज, २०८३
१ दिनअघि

काठमाडौं । स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नागरीक बेपत्ता भएका छन् ।

भारतको विदेश मन्त्रालयका अनुसार अक्टोबर ११ मा दुई छुट्टाछुट्टै तेल ट्यांकरमाथि आक्रमण भएको हो । निकारागुआको झण्डा रहेको ‘एमटी पेट्रो डल्फिन’मा ड्रोनबाट आक्रमण हुँदा जहाजमा सवार ११ भारतीय नाविकमध्ये दुई जना बेपत्ता भएका छन् ।

Advertisement

त्यस्तै, मार्सल आइल्यान्ड्सको झण्डा रहेको ‘एमटी भाल्थेरा’माथि पनि आक्रमण भएको थियो । आक्रमणपछि जहाजमा आगलागी भए पनि त्यसमा सवार सबै ११ भारतीय नाविकलाई सुरक्षित उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतद्वारा बेपत्ता नाविकको खोजी जारी

ओमानको मस्कटस्थित भारतीय दूतावासले बेपत्ता दुई नाविकको खोजी तथा उद्धारका लागि ओमानी अधिकारी र जहाज व्यवस्थापन कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ ।

दूतावासले सामाजिक सञ्जाल एक्समार्फत ‘एमटी पेट्रो डल्फिन’को अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ । जहाजमा रहेका अन्य भारतीय नाविकलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको पनि दूतावासले जनाएको छ ।

आक्रमणको भारतद्वारा निन्दा

भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जलक्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेको छ ।

विदेशमा कार्यरत भारतीय नाविकको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्रालयले यस्ता घटनाले क्षेत्रीय तनाव थप बढाउन सक्ने जनाएको छ ।

भारतले विवाद समाधानका लागि संवाद र कूटनीतिक माध्यम अपनाउन सबै पक्षलाई आग्रह गरेको छ । साथै, अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री व्यापार तथा आवागमनको स्वतन्त्रता कायम राख्नुपर्नेमा जोड दिँदै जहाज, नाविक तथा सर्वसाधारणका पूर्वाधारमाथिका आक्रमण तत्काल रोक्न आह्वान गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह

मङ्गलबार २७ असोज, २०८३
१ घण्टाअघि

दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर

मङ्गलबार २७ असोज, २०८३
२ घण्टाअघि

तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो

मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै

मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता

मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै

मङ्गलबार २७ असोज, २०८३
४ घण्टाअघि
उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह
मङ्गलबार २७ असोज, २०८३
दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर
मङ्गलबार २७ असोज, २०८३
तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो
मङ्गलबार २७ असोज, २०८३
पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै
मङ्गलबार २७ असोज, २०८३
सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता
मङ्गलबार २७ असोज, २०८३
विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै
मङ्गलबार २७ असोज, २०८३
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
मङ्गलबार २७ असोज, २०८३
खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन
मङ्गलबार २७ असोज, २०८३
सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो
मङ्गलबार २७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०