काठमाडौं । घटस्थापनाको दिन सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ४ हजार ४ सय ५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।