कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ असोज, २०८३
३ घण्टाअघि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन्।

Advertisement

उनले दुर्गम क्षेत्रका नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राख्दै पार्टीलाई जनतासँग जोड्ने आफ्नो अभियान रहेको बताए। सामान्य रोगको उपचार गर्न नसक्ने तथा दुई छाक खानका लागि संघर्ष गरिरहेका नागरिकका पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए।

कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै शर्माले लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि तथा लबिङ गरेको स्मरण गरे। तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई नजरबन्दमा राखिएको समयदेखि नै लोकतन्त्र पुनःस्थापनाको पक्षमा आफूले सक्रिय भूमिका निर्वाह गरेको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा शर्माले बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक विरासतप्रति गर्व गर्दै कांग्रेसलाई जनतासँग जोड्ने अभियानमा महाधिवेशन प्रतिनिधिहरूको साथ मागे।

‘नेपाली कांग्रेसलाई जनतासँग जोड्ने, कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने हाम्रो अभियान हो,’ उनले भने, ‘यो अभियानमा अग्रज, साथीहरू र देशभरबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।’

शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। त्यसअघि उनी बेलबारी नगरपालिका-४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए। उनी २०५४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन्।

कांग्रेसको १५ औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदै छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०