विराटनगर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आज स्वदेश फर्किन लागेका छन् ।
यद्यपि श्रीवास्तवको ठाउँमा तत्कालका लागि कार्यवाहक राजदूतका रूपमा दूतावासका मिसन उपप्रमुख डा.राकेश पाण्डेले काम गर्नेछन् । उनले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।
२०८२ मंसिरको अन्तिम साता हाइकिङका क्रममा श्रीवास्तवलाई हर्ट अट्याक भएपछि उनी उपचारमा रहेको बेला पनि पाण्डे कार्यवाहक राजदूत भएका थिए ।
अहिले पनि उनी नै कार्यवाहक राजदूतका रूपमा आफ्नो कार्यभार सम्हालेका छन् ।
राजदूतको कार्यकाल सकिनै लाग्दा भारतले नयाँ राजदूतको नाम परराष्ट्र मन्त्रालयलाई पठाइसकेको हुन्थ्यो । यसपटक हालसम्म नाम टुंगो लगाएको छैन ।