लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ असोज, २०८३
२ घण्टाअघि

काठमाडौं । सर्वोच्च अदालतले लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश दिएको छ। यद्यपि, दाहालविरुद्धको अनुसन्धान भने कानुनी प्रक्रियाअनुसार जारी राख्न सकिने सर्वोच्चले स्पष्ट गरेको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार दाहालको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई हिरासतमा नराखी तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

दाहालकी छोरीले संविधान र कानुनले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको अवस्थामा आफ्ना बुबालाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

दाहाललाई गत असोज ४ गते मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको थियो। उनको युट्युब च्यानलमा प्रकाशित सामग्रीका विषयमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अन्तर्गत अनुसन्धान भइरहेको थियो। अनुसन्धानका क्रममा काठमाडौं जिल्ला अदालतबाट समेत हिरासतमा राख्ने म्याद थप गरिएको थियो।

सर्वोच्च अदालतले दाहालमाथि अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढेको देखिए पनि उनलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार र कारण भने नदेखिएको ठहर गरेको छ।

सर्वोच्चको आदेशमा दाहालले संविधान र कानुनविरुद्ध हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको उल्लेख गरिएको छ। उनको अभिव्यक्ति नेपालको संविधानको धारा १७(२)(क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको शान्तिपूर्ण उपयोगसँग सम्बन्धित देखिएको आदेशमा भनिएको छ।

काठमाडौं जिल्ला अदालतले असोज ५ गते दाहाललाई पहिलोपटक तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। बयानसमेत सम्पन्न गर्नुपर्ने आधारमा अदालतले अनुसन्धानका लागि म्याद थप गरेको थियो। तर, दाहालको बयान भने असोज ६ गते नै सम्पन्न भइसकेको सर्वोच्चको आदेशमा उल्लेख छ।

बयान सम्पन्न भइसकेको तथा हिरासतमा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै सर्वोच्चले दाहाललाई तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

सर्वोच्चले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम दाहाललाई तारिखमा राखी अनुसन्धान प्रक्रिया अघि बढाउन साइबर ब्युरोलाई परमादेश दिएको छ।

यस आदेशसँगै लेखक दाहाल थुनामुक्त हुने भएका छन्। यद्यपि, उनीविरुद्धको अनुसन्धान भने रोकिएको छैन। प्रहरीले कानुनी व्यवस्थाअनुसार अनुसन्धान अघि बढाउन सक्ने बाटो सर्वोच्चको आदेशले खुला राखेको छ।

प्रकाशित समय: बिहिबार ८ असोज, २०८३, १७:०५:२३

सम्बन्धित खबर

भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक

बिहिबार ८ असोज, २०८३
२ घण्टाअघि

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

बिहिबार ८ असोज, २०८३
३ घण्टाअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
३ घण्टाअघि

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

बिहिबार ८ असोज, २०८३
३ घण्टाअघि

पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम

बिहिबार ८ असोज, २०८३
७ घण्टाअघि

रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार

बिहिबार ८ असोज, २०८३
८ घण्टाअघि
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०