विराटनगर । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले उनीहरूलाई शपथ गराएका हुन्।
सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, चक्र मल्ल आर्थिक मामिलामन्त्री र दमन भण्डारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेका छन्। जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीको शपथ लिएकी छन्।
यसअघि शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री नियुक्त भई शपथ लिएका थिए।