विराटनगर । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टीका खगराज भट्ट नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
यसअघि कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
भट्टले शुक्रबार दिउँसो ३ बजे शपथ लिने तयारी छ। उनले शुक्रबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।