हिन्दु राष्ट्रको माग गर्दै राप्रपा मोरङको बोलबम यात्रा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ साउन, २०८३
१ दिनअघि

विराटनगर । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङले विराटनगरमा बोलबम यात्रा निकालेको छ। साउनको अन्तिम सोमबारको अवसर पारेर राप्रपा मोरङले धार्मिक तथा सामाजिक सद्भावको सन्देशसहित बोलबम यात्रा आयोजना गरेको हो।

राप्रपा मोरङले विराटनगरको सिंघिया घाटबाट जल लिएर देवकोटा चोकस्थित वनसखण्डी महादेव मन्दिरसम्म जलधारा पदयात्रा गरेको थियो। यात्रामा राप्रपाका नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले बोलबम यात्रा गरिएको राप्रपा मोरङका सह–सचिव सुरेश मिश्रले बताए। उनका अनुसार हिन्दु राष्ट्र नेपालको मौलिक पहिचानसँग जोडिएको विषय भएकाले यसको पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिएको हो।

मिश्रले हिन्दु राष्ट्र नै अबको विकल्प भएको दाबी गर्दै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न ढिलाइ गर्न नहुने बताए। धार्मिक आस्थासँगै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाउने उद्देश्यले यात्रा आयोजना गरिएको उनको भनाइ छ।

उनले नेपालको पहिचान र मौलिक संस्कृतिको संरक्षणका लागि राष्ट्रवादी तथा धार्मिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। राप्रपाले आगामी दिनमा पनि हिन्दु राष्ट्रको मागसहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित समय: सोमबार २५ साउन, २०८३, १८:२०:३३

सम्बन्धित खबर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त
मङ्गलबार २६ साउन, २०८३
बुढीगंगा र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता
सोमबार २५ साउन, २०८३
हिन्दु राष्ट्रको माग गर्दै राप्रपा मोरङको बोलबम यात्रा
सोमबार २५ साउन, २०८३
प्रस्तावित ठाउँमै ट्रमा सेन्टर माग्दै ढल्केबरमा राजमार्ग अवरुद्ध
सोमबार २५ साउन, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
सोमबार २५ साउन, २०८३
इतर समूहको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधिसभा क्षेत्रका सभापतिलाई निम्तो
सोमबार २५ साउन, २०८३
प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
आईतबार २४ साउन, २०८३
सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव
आईतबार २४ साउन, २०८३
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए
आईतबार २४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०