विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दाबी गरेका छन् ।
उनले इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएकाले यो निर्णय गरिएको बताए ।
इरानविरुद्ध कारबाही गर्न पूर्ण रूपमा तयार भए पनि इरान तथा पश्चिम एसियाका अन्य देशहरूको आग्रहपछि विश्वको दीर्घकालीन हितका लागि आक्रमण स्थगित गरिएको हो ।
प्रस्तावित सम्झौतामा तुरुन्तै होर्मुज जलडमरूमध्य पुनः खोल्ने र इरानको आणविक खतरा अन्त्य गर्ने व्यवस्था समावेश हुने दाबी गरे ।